‘नेपाल भ्रमण वर्ष २०२०’ को शूभारम्भ ४ जनवरी २०२० मा हुने

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १८ कार्तिक | नेपालभन्दा बाहिर ‘नेपाल भ्रमण वर्ष २०२०’ को शूभारम्भ ४ जनवरी २०२० मा हुने भएको छ । सरकारले विदेशस्थित नेपाली दूतावास तथा नियोगलाई परिपत्र गर्दै यस्तो जानकारी गराएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सन् २०२० जनवरी ४, शनिवारका दिन दूतावास, महावाणिज्य दूतावास, कन्सुलर, पर्यटन प्रतिनिधि तथा भ्रमण वर्षका सदभावना दूतको आयोजनामा भव्य शुभारम्भ समारोह आयोजना गर्न परिपत्र गरिएको छ । कार्यक्रममा सम्बन्धित देशका राष्ट्र प्रमुख, सरकार प्रमुख, मन्त्रीजस्ता विशिष्ठ अतिथिको सहभागिता सुनिश्चित गर्ने वातावरण बनाउनसमेत भनिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रमलाई बढीभन्दा बढी संचारमाध्यममा जाने व्यवस्था मिलाउन समेत नेपाली नियोगलाई आग्रह गरिएको छ । नेपालमा भने १ जनवरी २०२० मै भ्रमण वर्ष शूभारम्भ हुनेछ । नेपालमा आयोजना हुने भ्रमण वर्षको शुभारम्भ कार्यक्रममा समेत विदेशबाट विशिष्ट व्यक्तित्वलाई सहभागी गराउने सरकारको तयारी छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *