थालासेमियाले थलिएको परिवार

Blog Post Ad Blog Post Ad Blog Post Ad

नवीन अभिलाषी
दाङ, कार्तिक १६ । फुस्रो छ प्रिन्सी चौधरीको अनुहार । सुक्दै गएका हात खुट्टा र अस्वभाविक रुपमा बदलिएको छ टाउकाको आकार । ११ वर्षकी प्रिन्सीलाई १४÷१४ दिनमा रगत चढाईरहनु पर्छ । त्यसको लागि दाङ काठमाण्डौ त पानी पँधेरो नै भैसक्यो । वितेको तीन वर्षमा कति पटक रगत चढाईयो, त्यसको कुनै गन्ती नै भएको छैन । कक्षा ५ पाँचमा पढ्दै गरेकी प्रिन्सीलाई चिकित्सकले थालासेमिया भएको भनेका छन् ।

तीन वर्ष पहिले प्रिन्सी कमजोर हुने, हात खुट्टाका जोर्निहरु र कान दुख्ने समस्याले रुन थालेपछि तुलसीपुरकै अस्पतालमा उपचार गराईयो । तुलसीपुर उपमहानगरपालिका १६ लालपुरका २७ वर्षिय प्रकाश चौधरीले आफ्नो छोरीको उपचार सम्भव नभएपछि काठमाण्डौ पु¥याउनुभयो । कान्तिबाल अस्पतालमा केही दिन भर्ना गरियो । त्यसपछि सिभिल अस्पतालमा पु¥याएपछि चिकित्सकले प्रिन्सीलाई थालासेमिया भएको निश्कर्ष निकाले ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पाँच÷सात वर्ष मलेसिया बसेर कमाएको दुई चार लाख त्यतिकैमा सकिएको थियो । प्रकाश चौधरीसँग न जग्गा थियो । न कुनै सम्पती । छोरीको नियमित उपचार गराउनु पर्ने भएपछि सहयोग माग्नुको विकल्प भएन । अहिले नियमित उपचारमा रहेकी प्रिन्सी चौधरीलाई १४÷१४ दिनमा रगत चढाउनका लागि काठमाण्डौ डिल्लीबजार स्थित अपुष्ट रक्तकोष समूह नामक संस्थामा लैजानु पर्छ । ‘बाहिर लैजानको लागि आर्थिक समस्या छ, बाहिर अस्पतालमा धेरै महंगो छ, पैसा तिर्ने अवस्था छैन ।’ निक्कै कम बोल्ने प्रकाशले भन्नुभयो, ‘त्यहि संस्थामा गएर रगत चढाउनुपर्छ, त्यहाँ केहि सहुलियत छ ।’ त्यहाँ पुगेर पनि सहज छैन प्रकाशको परिवारलाई । किनकी रगत दिने मान्छे आफैले खोज्नु पर्छ ।

नेपालको कुल जनसंख्याको १५ प्रतिशत मानिसमा यो रोग भएको एक अध्ययनले देखाएको छ । भारतमा विशेषगरी बालबालिकामा यो रोग देखिएको चिकित्सकहरू बताउछन् । यो समस्या निराकरणका लागि बोनम्यारो ट्रान्सप्लान्ट अन्तिम उपाय हो । बोनम्यारो ट्रान्सप्लान्ट गर्न १५ लाख भन्दा बढि लाग्छ । यसकारण बोन म्यारो ट्रान्सप्लान्ट सबैले सक्दैनन् । ट्रान्सप्लान्ट गर्न नसक्नेका लागि नियमित रगत चढाएर बिरामी बचाउनु यसको विकल्प हो । त्यहि विकप्लको प्रयोग गर्न बाध्य छन् प्रकाश ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अन्य रोगमा ७ देखि ८ प्रतिशत हेमोग्लोबिन चढाएपुग्छ भने यो रोग लागेकालाई १० प्रतिशत हुँदा नै चढाउनुपर्छ । कमी भएमा समस्या बल्झिन्छ । यो रोगको औषधि नेपालमा उपलब्ध छैन । यसरी औषधिकै समस्याले पनि बिरामीलाई समस्या रहेको छ । डीएनएका कारण विकास हुने यो जीन माइनरमै रहेमा तत्काल उपचार जरुरी हुँदैन । मेजर भएमा भने जीवनभर उपचार गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् । बच्चामा झिंझोपना, खाना नखाने, आँखाको माथिपट्टि पहेंलो देखिने, खुट्टाको पाइताला सेतो हुने, अनुहार फुस्रो हुने यसका लक्षण हुन । निरन्तर रगत चढाइरहँदा शरीरमा आइरनको मात्रा बढी हुन्छ, जसलाई काटन औषधि सेवन गर्नुपर्छ ।

प्र्रकाशका दुई छोरी हुन् । कान्छी छोरी कुसुम चौधरीमा पनि यो समस्याको लक्षण देखा परेको छ । र श्रीमती जुगमति चौधरीमा पनि । तर त्यो सामान्य प्रकारको भएका कारण उपचार गर्नु नपरेको प्रकाशले बताउनुभयो । घोराहीमा पत्रकार सम्मेलन गर्दै छोरीको जीवन बचाईदिन प्रकाश चौधरीले आग्रह गर्नुभयो । ‘सञ्चारमाध्यमबाट यो खबर धेरै ठाउँ पुगेपछि हामीलाई सहयोग आउछ की भन्ने आशा छ ।’ प्रकाशले याचना गर्दै भन्नुभयो, ‘बोनम्यारो ट्रान्सप्लान्टका लागि ३० लाख भन्दा बढि खर्च हुन्छ रे, अहिलेसम्म १३ लाख भन्दा बढि खर्च भैसक्यो ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *