गढवामा छाडा गाईगोरुको व्यवस्थापन गरिने

Blog Post Ad Blog Post Ad Blog Post Ad

ओमप्रकाश गुप्ता

देउखुरी १५ कार्तिक । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले छाडा पशुु चौपायाको बिगविगीलाई नियन्त्रण गर्न गौशालालाई ब्यवस्थित गरिने बताएका छन् । गढवा बजार र आसपासका क्षेत्रहरुमा छाडा पशुु चौपायाले किसानहरुको बालीनाली खाएर सखाप पारेपछि किसानहरुको मागलाईृ ध्यान दिदै गाउँपालिकाले झण्डै २ सयको हाराहारीमा रहेका छाडा गाई–गोरुलाई गौशाला निर्माण गरि ब्यवस्थित गर्ने बताएका हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

साथै उनले यसबर्ष गौशालालाई थप ब्यवस्थित गर्न गाउँपालिकाले ध्यान दिने र फराकिलो स्थानमा गौशाला स्थानान्तरण गरि कम्पाउण्ड वाल लगाउने र ग्वाला सहित गाईहरु बस्ने ब्यवस्थित टहरो निर्माण गर्ने र ग्वालाहरुको तलब समेत ब्यवस्थापन गर्ने गाउँपालिकाको योजना रहेको अध्यक्ष यादवले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

गत बर्ष देखि गाउँपालिकाले ५ लाख बजेट विनियोजन गरी गढवाको वडा नम्बर ६ मनिकापुुरमा रहेको झण्डै ५ कठ्ठा ऐलानी जग्गामा तारवार गरी टिनको टहरो निर्माण गरिएको र २ जना ग्वाला राखी मासिक ११ हजार ५ सयको दरले तलब दिएर गौशाला तथा गाईगोरुको रेखदेख गरिरहेको छ । जहाँ आवश्यक घाँस–परालको समेत ब्यवस्थापन गरिएको र मलमुत्र संकलन तथा बिक्री गर्ने गरेको गौशाला ब्यवस्थापन समितिका अध्यक्ष हुुमाकान्त सुुवेदीले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

गौशालामा गाई–गोरुलाई खानेपानीको ब्यवस्थापन गर्न बोरिङ गाड्ने तथा डुुँडहरु निर्माण गर्ने र आवश्यक घाँस परालको पनि ब्यवस्थापन गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ–उनले भने । छाडा गाई कसैले छोड्न चाहेमा१ हजार रुपैयाँ दिएर मात्र राखिने तथा ब्याउने र ब्याएका गाई लिन चाहेमा पनि न्यूनतम १ हजार बुुझाएर खरिद गर्न पाईने नियम बनाएका छौ,मलमुुत्रको संकलन गर्ने र त्यसलाई बिक्री गरि गौशालाको आम्दानीको स्रोत बढाउने योजना रहेको छं–ब्यवस्थापन समितिका अध्यक्ष सुुवेदीले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसैविच गढवा गाउँपालिकाको पशुुसेवा शाखाको आयोजनामा यसबर्षको लक्ष्मीपूूजाको दिन गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि झण्डै २ सयको हाराहारीमा गौशालामा रहेका गाइलाई नूून,बरान र सातुु खुुवाउने काम गरेको छ ।

पशुुसेवा शाखाका प्रमुुख अनन्तराज रेग्मीको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव तथा उपाध्यक्ष शान्ती चौधरीले गौशालामा पुुगी गाईको पूजागरी नूून तथा बरान खुवाएका हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *