वृद्धाश्रमलाई बेन्च र कुर्सी सहयोग

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, कार्तिक १५ । तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेड दाङ शाखाले वृद्धाश्रमलाई सहयोग गरेको छ । बैंकको बार्षिकोत्सवको अबसरमा घोराही उपमहानगरपालिका तेरौटे स्थित वृद्धाश्रममा बस्ने बेन्च र कुर्सीहरु सहयोग गरेको हो । शुक्रबार वृद्धाश्रममै एक कार्यक्रमको आयोजना गरेर बैंकले १४ औँ वर्षमा प्रवेश गरेको अबसरमा सहयोग गरेको शाखा प्रबन्धक चेतन पराजुलीले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जिल्लामा भर्खरै स्थापना भएको बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै वृद्धाश्रममा रहेका वृद्धबृद्धाहरुलाई बस्न सहज होस भन्ने उदेश्यले ४ वटा बेन्च र ४ वटा कुर्सी सहयोग गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

वृद्धाश्रम सञ्चालन समितिका अध्यक्ष भुपाल गिरीलाई बैंकका प्रबन्धक पराजुली, अप्रेसन ईन्चार्ज उमेश चौधरी, कर्जा अधिकृत सुभाष ज्ञवालीले हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा बैंकका कर्मचारीहरु सीता बेल्बासे, दिपा बुढा र बसन्ती घलान पनि सहभागी हुनु भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

विभिन्न निकायहरुको सहयोगमा वृद्धाश्रम सञ्चालनमा सहयोग पुगेको अध्यक्ष गिरीले बताउनुभयो । अहिले वृद्धाश्रममा १५ जना जेष्ठनागरिकहरु रहदै आउनु भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *