वनभोज खाएर फर्कदै गरेको सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु, २४ जना घाईते

Blog Post Ad Blog Post Ad Blog Post Ad

 शिबु /ओमप्रकाश

देउखुरी १५ कार्तिक । दाङमा वनभोज खाएर फर्कदै गरेका किशोर किशोरी चढेको ट्याक्टर दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर २४ जना घाईते भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख भरतसिंह राठोरले जानकारी दिएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङको गढवा गाउँपालिका वडा नम्बर ६ जमुनिवासबाट वनभोज खाएर फर्कदै गरेका रा १ त २३९३ नम्बरको ट्रेक्टर दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख भरतसिंह राठोरले जानकारी दिनु भएको छ । गढवाको मजुनिवासबाट वनभोज खाएर फर्कदै किशोर किशोरी चढेको ट्याक्टर दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दुर्घछनामा परी गढवा गाउँपालिका वडा नम्बर ६ मनिकापुर निवासी ११ वर्षीय निनु पुन, सोही ठाउँ निवासी १२ वर्षीय सिमा परियार र १२ वर्षीय सुनिता पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख भरतसिंह राठोरले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

केही घाईतेहरुलाई उपचारको लागी लमही अस्पतालमा ल्याइएको छ भने केही घाइतेहरुलाई कोहलपुर रिफर गरिएको छ । अन्य दुर्घटनामा परी घाइतेहरुको नाम ठेगाना खुल्न नसकेको प्रहरीले बताएको छ ।

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *