विद्युत प्राधिकरणको चार करोड बढी बक्यौता,पैतालिस ग्राहक कालो सुचिमा

Blog Post Ad Blog Post Ad Blog Post Ad

जीतसागर जी.एम.

तुलसीपुर,११ कार्तिक | नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरमा वषौँदेखिको विद्युतको महशुल बक्यौता रहेको हो । विद्युत प्रयोग गर्ने तर महशुल समयमै नबुझाउँदा प्राधिकरण केन्द्र तुलसीपुरमा चार करोडबढी बक्यौता रहेको हो । वितरण केन्द्र तुलसीपुर शाखामा कार्तिक ८ गतेसम्मको तथ्यांक अनुसार ४ करोड १० लाख ४५ हजार ६ सय ९० विद्युत महशुल उठ्न बाँकी रहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्राधिकरणका अनुसार तुलसीपुर वितरण केन्द्रमा १० हजार ९ सय ३५ ग्राहकले समयमै विद्युतम महशुल बुझाउन सकिरहेका छैनन् । केन्द्रमा आथिक वर्ष २०७३÷२०७४ देखिको विद्युत महशुल बक्यौता रहेको केन्द्रका प्रमुख जगन्नाथ लामीछानेले बताए । ‘ कार्यालयमा तीनवर्ष अघिदेखिको बक्यौता छ, उनले भने –‘अब लगत्तै कडाइका साथ जाँदैछौँ, महशुल समयमै नबुझाउने ग्राहकको लाइन काट्ने सम्मका योजना बनाएका छौँ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

वितरण केन्द्र तुलसीपुरमा विद्युतको महशुल समयमै नबुझाउने सरकारी कार्यालयदेखि विभिन्न उद्योगहरु रहेका छन् । कार्यालयको तथ्याङ्क अनुसार ३ रुपैँयादेखि २६ लाखसम्म बक्यौता रकम रहेको देखिएको छ । प्राधिकरण तुलसीपुर वितरण केन्द्र अन्तर्गत समयमै विद्युतको महशुल नुझाउने तुलसीपुर उपमहानगरपालिकाको सबैभन्दा धेरै रहेको छ । तुलसीपुर उपमहानगरपालिकाले सडकबत्तिवाफतको २६ लाख महशुल बुझाउन बाँकी रहेको प्रमुख लामीछानेले जानकारी दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘उपमहानगरपालिकाकै महशुल धरै देखिएको छ, उपमहानगर र विद्युतबिच दोहोरो सम्झौता भएका कारण पनि कार्बाही नै गर्न मिल्दैन’ उनले भने–‘विद्युत प्राधिकरणले विद्युतको पोल राखेबाफतको शुल्क उपमहानगरपालिकालाई बुझाउनुपर्छ, उपमहानगरले सडकबत्तिबाफतको महशुल प्राधिकरणलाई बुझाउनुपर्छ ।’

पैतालिस ग्राहक कालो सुचिमा

Blog Post Ad Blog Post Ad Blog Post Ad

विद्युत प्राधिकरण वितरणकेन्द्र तुलसीपुर शाखा अन्तर्गत समयमै विद्युत महशुल नबुझाउने ४५ ग्राहक कालोसुचिमा परेका छन् । पटक–पटक ताकेता गर्दापनि विद्युत महुशल लामो समयसम्म नबुझाउने ४५ ग्राहक कालोसुचिमा परेको वितरण केन्द्र तुलसीपुरका प्रमुख जगन्ननाथ लामिछानेले बताए । ‘कालोसुचिमा परेका ग्राहकले तीनपूस्तासम्म विद्युत उपभोग गर्न पाउँदैन्, उनले भने –‘विद्युत महशुल समयमै नबुझाउने ग्राहक कालो सुचिमा रहेका छन् ।’

केन्द्रको कालोसुचिमा पर्ने ग्राहकहरुबाट १७ लाख बढी महशुल उठाउन बाँकी रहेको प्रमुख लामिछानेले बताए । ‘कालोसुचिमा पर्ने ग्राहक नेपालैभर नाम विवरण एकैसाथ हेन सकिने सफ्टवयरको विकास हुन सकेको छैन् उनले भने –‘ कालो सुचिमा पर्ने ग्राहकले तीनपुस्तासम्म विद्युत उपभोग गर्न नपाउने भएपनि प्रभावकारी हुन सकिरहेको छैन् । ’

Blog Post Ad Blog Post Ad Blog Post Ad

अनलाईन प्रयोगकर्ता बढेनन्

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले विद्युत महशुल अनलाईनबाटै बुझाउन सकिने व्यवस्था गरेको करिब २ वर्ष हुन लागेको छ तर अनलाईनबाट विद्युत महशुल बुझाउने प्रयोगकर्ता बढ्न सकेका छैनन् । ग्राहकको सहजताका लागि अनलाईनबाटै भुक्तानी गर्ने व्यवस्था गरेपनि कार्यालयमै आएर महशुल बुझाउन आउने ग्राहकको संख्या कमि नआएको वितरण केन्द्र प्रमुख लामिछानेले बताए ।

‘अनलाईनबाट भुक्तानी ग्राहकको संख्या बढाउन सकियो भने हामीहरुलाई केहि सहज हुन्थ्यो होला तर अनलाईनप्रति ग्राहकको विश्वास बढ्न सकिरहेको छैन् ।’ वितरण केन्द्र तुलसीपुरमा अहिले दैनिक ६० देखि ७० जना ग्राहकलेमात्रै अनलाईनबाट भुक्तानी गर्ने गरेको उनले बताए ।

‘यहाँ अहिले दैनिक कम्तीमा पनि ५ सय भन्दा बढी ग्राहकले अनलाइनबाट भुक्तानी गर्न थालेपछि कार्यालयमा देखिने चाप कमि हुन सक्थ्यो कि भन्ने लाग्छ’ उनले भने–‘कतिपय ग्राहक त अनलाईनबारे जानकारी हुँदाहुँदै पनि प्रयोगमा चासो नदिने गरेको समेत पाइएको छ ।’

वर्षेनी १० हजार बढी नयाँ ग्राहक

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरमा वर्षेनी १२ हजार बढी नयाँ ग्राहक थपिने गरेका छन् । केन्द्रका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा करिब २५ हजार ग्राहक रहेकोमा पछिल्लो समय हालसम्म ४३ हजार ग्राहक पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *