रीता लामा
घोराही, पुस । डिभिजन वन कार्यालय दाङले गत आर्थिक बर्ष २०७६÷७६मा वन मुद्दामा १२० जनालाई पक्राउ गरी जिल्ला अदालतमा मुद्धा दायर ग¥यो । अघिल्लो बर्ष २०७३÷७४मा पनि करिव ६४ जनाको विरुद्धमा मुद्दा चलायो । गत बर्ष १२० जनाको विरुद्ध ९३ वटा मुद्दा अदालतमा पेस गरेको जिल्ला वनले अघिल्लो बर्ष ६४ जनाको विरुद्ध २५ वटा मुद्धा अदालतमा दायर गरेको थियो ।
डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार विशेष गरि काठ चोरी गर्ने, काठ ओसार पसारमा संलग्न रहेका, जडिबुटि ओसारपसार, वनमा आगो लगाउने, वन पैदवारलाई हानी नोक्सानी पु¥याउने, वन क्षेत्रबा ढुंगा बालुवा ओसार पसारमा संलग्न, वन्यजन्तुको हाडछाला ओसारपसार र वन अतिक्रमण गर्नेहरु छन । तर ती पक्राउ परेका व्यक्तिहरु अधिकासं कामदारहरु रहेका छन ।
डिभिजन वन कार्यालयका मुद्धा फाटका प्रमुख माधव प्रसाद तिमिल्छिनाका अनुसार वन मुद्धामा पक्राउ पर्ने अधिकासं भरिया नै छन । जिल्लाका वन क्षेत्रमा ढुंगा, बालुवा ओसार पसार देखि जिल्ला बाहिरबाट चितुवा, हिउचितुवा, रेड पाण्डा, कस्तुरीको विना, रतुवा, कछुवाको छाला र दातँ ओसारपसारमा संलग्न पनि भरिया नै छन । ‘मालिकहरु आफै त्यस्तो काममा संलग्न हुदैनन ।’ प्रमुख तिमिल्छिनाले भन्नुभयो ‘भरियाहरु नै पक्राउ पर्छन, उनीहरुले मुख नखोल्ने र आर्थिक प्रलोभनमा अपराध स्वीकार गर्दा कारवाहीमा भरिया पर्ने गरेका छन ।’ ती भरियाहरु पनि पैसाको लोभमा परेर मालिकलाई जोगाउने गरेको उहाँको अनुभव छ ।
वनजन्य अवैध सामाग्री ओसार पसारमा तस्करहरुले विशेषगरि महिला, बालबालिका वा अपांगता भएकाहरुलाई प्रयोग गर्ने गरेको उहाँ बताउनुहुन्छ । डिभिजन वन कार्यालयका अनुसार आर्थिक बर्ष २०७४÷७५ मा १२ सय ३० दाउरा र १ दशमलव २२ फिट चटटा, एक हजार ९७८ घिनफिट ढुंगा, मृगको छाला तीन र स्यालको छाला एक थान, बदेलको छाला तीन थान बरामद गरेको थियो । जसमा कार्यालय वनजन्य अवैध गतिविधिमा प्रयोग भएका १२ वटा टेक्टर, दुइ थान टिप्पर, दुइ थान मोटर साइकल, एक थान जिप, एक थान हाते आरा, एक थान बन्चरो बरामद गरेको थियो ।
डिभिजन वनले अघिल्लो बर्ष २०७३÷७४मा पनि एक सय ५० क्युफिट काठ, दाउरा, एक हजार १ घनफिट ढुंगा, मृग, स्याल, चितुवाको छाला पनि पक्राउ गरेको थियो । जसमा कार्यालयले वनजन्य अवैध गतिविधिमा प्रयोग भएका सात थान टिप्पर, एउटा मोटरसाइकल, आरा, हातेआरा बन्चरो समेत पक्राउ गरेको थियो ।
कुनै पनि मुद्दा १८ महिना भन्दा बढी लम्व्याउन नपाउने कानुनी प्रावधान छ तर डिभिजन वन कार्यालयमा गत बर्ष २०७४÷७५ मा मात्र दुइ बर्ष नाघेका १९ मुद्धा अझै फच्र्यौट हुन बाकि छन भने ४३ मद्धा फच्यौट भैसकेका छन यसैगरि अघिल्लो २०७३÷७४मा बर्ष ४३ वटा मुद्धा दुइ बर्ष नाघेका छन भने ४३ वटा मुद्धा फच्र्याैट भएका छन ।