दाङमा सुत्केरी आमाहरुलाई अण्डा वितरण

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, असोज २५ । आमा र बच्चाको स्वास्थ्यलाई मध्यनजर गरी अण्डा वितरण गरिएको छ । दाङको घोराही उपमहानगरपालिका वडानम्वर–६ फचकपुरका सुत्केरी आमाहरुलाई अण्डा वितरण गरिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सुत्केरी अवस्थामा प्रोटिनको आवश्यकता हुँदा सुत्केरी आमालाई अण्डा वितरण गरिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. बेदबहादुर केसीले जानकारी दिनुभयो । ‘सुत्केरी अवस्थामा महिलाहरुलाई प्रयाप्त प्रोटिनको आवश्यकता पर्छ । तर, महिलाहरुले सुत्केरी आमाहरुले अण्डा खाने गरेको पाइदैन’, डा. केसीले भन्नुभयो, ‘आमा र बच्चाको स्वास्थ्यलाई मध्यनजर गर्दै विश्व अण्डा दिवसरको अवसर पारेर सुत्केरी आमाहरुलाई अण्डा वितरण गरेका हौं ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘एउटा अण्डा दिनका दिन, खाए मिल्छ शक्ति र प्रोटिन’ भन्ने मुल नाराका साथ भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र घोराही, सुआहारा दाङ र घोराही उपमहानगरपालिका वडानम्वर ६ को संयुक्त आयोजना तथा अविनाश पशुपंक्षी पालक कृषक सहकारी संस्थाको सहयोगमा अण्डा दिवस मनाइएको हो ।

अण्डा उपहार पाउँदा सुत्केरी आमाहरु हर्षित भएका छन् । प्रयाप्त मात्रामा पौष्टिक आहार उपलब्ध नहुँदा समस्यामा परेको सुत्केरी आमाहरुले अण्डा उपहार पाउँदा हर्षित हुनुका साथै अण्डाको महत्व बुझेको बताएका छन् । वडाका कार्यवाहक अध्यक्ष केशवराज विसीको अध्यक्षता एवं पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. बेदबहादुर केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अण्डाको महत्वका बारेमा नागरिकहरुलाई जानकारी दिइएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *