नेपालगञ्जमा पेट्रोल पदार्थकाे अभाव

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेपालगन्ज असाेज २५ । बर्दियालगायत क्षेत्रमा केही दिन यता पेट्रोल अभाव भएको छ। यस क्षेत्रका अधिकांश पम्पले बिहीबार पेट्रोल नभएको सूचना टाँसेका थिए भने पेट्रोल हुने पम्पमा लाइन नै लागेको थियो। सामान्यतः यस क्षेत्रमा इन्धनका लागि लाइन लाग्नुपर्ने अवस्था आउँदैन।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेपालगन्जदेखि कैलालीसम्म हुण्डाई कारमा पुगेका चालक सुदीप क्षेत्रीले पम्पमा नभए पनि बोतलमा बेच्न राखेको पेट्रोल चर्को मूल्यमा किनेको अनुभव सुनाए। ‘एक सय पाँच रुपैयाँ प्रतिलिटर पाइने पेट्रोल कैलालीको दुर्गौलीमा एक सय ३० रुपैयाँ प्रतिलिटर किन्नु पर्‍यो’, उनले अनुभव सुनाए, ‘साहुले तेल भर्न दुई हजार रुपैयाँ दिएका थिए। नेपालगन्जबाट जाँदा तेल थियो। राजमार्गमा भरौंला भनेर गए। बाँके र बर्दियाका राजमार्गमा पर्ने एक दर्जनभन्दा बढी पेट्रोल पम्पमा कतै तेल पाएन।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

असोज १९ देखि २२ गतेसम्म बन्द भएका पेट्रोल पम्पले बिहीबारदेखि मात्र तेल दिन सुरु गरेका थिए। आयल निगमले पनि पम्पलाई बिहीबारदेखि इन्धन उपलब्ध गराएको थियो। निगमले इन्धन ढिलो उपलब्ध गराएकाले पनि पेट्रोलको अभाव भएको व्यवसायीको भनाइ छ।

मध्यपश्चिम पेट्रोलियम डिलर एसोसिएनका निवर्तमान अध्यक्ष टीपी न्यौपाने बजार मागअनुसार पेट्रोल आपूर्ति नभएकाले बजारमा अभाव भएको बताउँछन्। उनले भने, ‘पहिले ६० हजार लिटर पेट्रोल दैनिक खपत हुन्थ्यो। चाडवाड भएकाले खपत ८० हजार लिटरभन्दा बढी भएको छ। त्यसैले बजारमा अभाव भएको हो।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

बाँके जिल्लामा मात्र ३९ वटा पेट्रोल पम्प छन्। एउटा पम्पले बढीमा चार हजार लिटर पेट्रोल मात्र भर्छन्। बिहीबार ९२ हजार लिटर पेट्रोल नेपालगन्जका लागि आएको थियो। हरेक पम्पलाई चार हजार लिटरका दरले बाँड्दा पनि अपुग नै भयो।

‘भन्सार पास गरेर आउँदा साँझको ५-६ बजेको थियो। राति अबेर पम्पमा तेल उपलब्ध गराएका थियौं। अब अभाव हुन्न’, आयल निगमको नेपालगन्ज डिपोका प्रमुख नवविनोद पोख्रेलले भने, ‘व्यवासायीसँग पनि पेट्रोलको स्टक क्षमता छैन। आयल निगमसँग पनि २ लाख १० हजार लिटरको मात्र स्टक क्षमता छ। स्टक राख्न नसक्दा पनि अभाव जस्तो हुन्छ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

आयल निगमको नेपालगन्ज डिपोले बाँके, बर्दिया, प्युठान, रोल्पा र सल्यानका लागि इन्धन आपूर्ति गर्छ।

अन्नपूर्ण पाेष्टबाट

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *