दीर्घकालिन पूर्वाधारमा जोडदिउँ : मुख्यमन्त्री पोख्रेल

Blog Post Ad Blog Post Ad Blog Post Ad

रीता लामा
घोराही, १४ असोज । प्रदेश नम्वर ५का मुख्य मन्त्री शङ्खर पोख्रेलले नगर वा प्रदेशको विकास गर्दा अव दीर्घकालिनसम्म रहने पुर्वाधार खडा गरिनुपर्ने बताउनुभयो । उहाँले अव सडक, पुलपुलेसा, शैक्षिक, धार्मिक र शहरी क्षेत्रको विकासको लागि दीर्घकालिन योजना लिएर मात्रै गर्नुपर्ने बताउनुभयो ।


घोराही उपमहानगरपालिकाले आज घोराहीमा आयोजना गरेको नगरको एकिकृत शहरी विकास योजनाको कार्याशाला गोष्ठीमा बोल्दै मुख्य मन्त्री पोखरेलले अव पछिल्लो पुस्ता र बढ्ने जनसंख्यालाई पनि आधार मानेर सबै क्षेत्रको विकास गर्नुपर्ने सुझाव औल्याउनुभयो । ‘योजना तर्जुमा दीर्घकालिन हुनुपर्छ ।’ उहाँले भन्नुभयो ‘भविष्यलाई ख्याल गरेर सडक संजाल, व्यवस्थित वस्ती विकास हुनुपर्छ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad


मुख्य मन्त्री पोखरेलले अवको विकास जनताको जीवन स्तर सुधार हुने किसिमले हुनुपर्ने पनि बताउनुभयो । अधिकांस जनता जोडिएको कृषिलाई अव देशको अर्थतन्त्रसँग जोडेर विकास गरिनुपर्ने उहाँको भनाई थियो ।


कार्यक्रममा राष्ट्रियसभा सदस्य अनिता देवकोटाले विकासको मुल आधार सडक संजाललाई पहाड र तराईसँग जोड्नुपर्ने, दाङमा अन्तराष्ट्रिय विमान स्थल अनिवार्य आवश्यकता रहेको हुदाँ त्यस कुरालाई स्थानिय स्तरबाटै माग आउनुपर्ने बताउनुभयो । साथै उहाँले घोराही उपमहानगरपालिकालाई साझासम्पत्ति जोगाई राख्नको लागि आग्रह समेत गर्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


नगरको योजना तर्जुमा कार्यक्रममा जिल्लाका विभिन्न दलका प्रतिनीधि, नागरिक समाज, उद्योग व्यवसायी, संघसस्थाहरुको सहभागिता रहेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *