आरोप लागेपछि राजीनामा दिँदै सभामुख महरा

Blog Post Ad Blog Post Ad Blog Post Ad

काठमाडौँ – संसद सचिवालयकै महिला कर्मचारीमाथि बलात्कार गरेको आरोप लागेपछि सभामुख कृष्णबहादुर महराले राजीनामा दिने भएका छन्।

आफूमाथि लागेको आरोपबारे निकटष्थसँग परामर्श गरिरहका महरालाई सत्तारुढ दल नेकपाले नै राजीनामा दिन सुझाव दिएको छ। घटनाबारे नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच मंगलबार बिहान छलफल भएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

छलफलमा पूर्वसभामुख एवं नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ थिए। नेकपाबाटै सभामुख पदमा निर्वाचित भएका महरालाई पदबाट राजीनामा गराउनु नै उचित हुने निष्कर्षमा ओली र दाहाल पुगेको स्रोतको भनाई छ।

उच्च स्रोतले देश सञ्चारसँग भन्यो, ‘घटनाबारे दुई अध्यक्षबिच छलफल भयो। उहाँहरुले सभामुख ज्यूलाई राजीनामा गराउने मनस्थितिमा पुग्नुभएको छ। उहाँले आफ्ना कुरा राखेर पदबाट हटेको घोषणा संभवत आजै गर्नु हुन्छ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

पार्टीका अरु शीर्षनेताहरुले पनि प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई राजीनामा गराउन दबाब दिएका छन्।

महरा स्वयमले पनि पार्टीका नेता तथा संसद सचिवालयका पदाधिकारीसँग छलफल गरेका छन्। मदिरा सेवन गरेर सभामुख महराले आफूमाथि बलात्कार गरेको ती महिलाको आरोप छ । तर महराले पनि सोमबार राति विज्ञप्ति निकालेर आफूमाथि लागेको आरोप पूर्ण रुपमा कपोलकल्पित र झुट रहेको दाबी गरेका छन्।

Blog Post Ad Blog Post Ad Blog Post Ad

देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *