तुलसीपुरमा खानेपानीका ८७ योजना निर्माण

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर, २७ भदौ । दाङको तुलसीपुर उपमहानगरपालिकामा गतवर्ष झण्डै ८७ वटा खानेपानीका योजनामा निर्माण भएका छन् । उपमहानगरपालिकाले नागरिकको मौलिक हकलाई सुनिश्चित गर्न खानेपानीका योजनालाई प्राथमिकता राख्दै गतवर्ष ८८ योजनामा बजेट विनियोजन गरेको हो । ८८ वटा योजना मध्ये ८७ वटा योजन सम्पन्न गर्न सफल भएको उपमहानगरपालिकाले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उपमहानगरपालिकाले खानेपानीको योजनामा गतवर्ष करिब ६ करोड विनियोजन गरेको नगरका प्रवक्ता श्याम डाँगीले बताउनुभयो । उपमहानगरले खानेपानीका ८८ वटा योजनाका लागि ५ करोड ८६ लाख ९६ हजार ५ सय ३ बजेट बिनियोजन गरेको उहाँले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बिनियोजित बजेट मध्ये २ करोड ९१ लाख २० हजार ६ सय ७५ रुपैँया बजेट भुक्तानी गरिसकेको प्रवक्ता डाँगीले जानकारी दिनुभयो । उपमहानगरमा अझै पनि कतिपय नागरिक खानेपानीको पहुँचमा आउन नसकेको भन्दै पवक्ता डाँगीले चालु वर्षमा पनि खानेपानीका योजनालाई प्राथमिकतामा राखेको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *