कमि आएन नियम विपरित सवारी साधन चलाउनेको संख्यामा

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ,२२ भदौ | दाङमा सवारी दुर्घटना न्युनिकरणका लागि विभिन्न प्रयास भएपनि नियमविपरित सवारी साधन चलाउनेको संख्यामा कमि आउन सकेको छैन् । ट्राफिक नियम विपरित सवारी चलाउनेमा अधिकांश मोटसाईकल चालक परेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मादक पदार्थ सेवन, लाईसेन्स , बिलबुक र हेलमेट बिनै सवारी चलाउने, तीन जना सवार हुने लगायतका नियम विपरित मोटरसाईकल चलाउने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । चालु आर्थिक बर्षको चैत्र मसान्त सम्म १० हजार ३ सय ९१ वटा मोटरसाईकल कार्वाहीमा परेका छन् । कार्वाहीमा परेका मोटरसाईकल चालकबाट ६७ लाख २७ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।

नियम विपरित सवारी चलाउँदा दुर्घटना पनि बढ्दै गएका छन् । चालु बर्षको साउन देखी यही बैशाख दोस्रो साता सम्म दाङमा ३ सय ३९ वटा मोटरसाईकल दुर्घटनामा परेका छन् । जिल्लामा मोटरसाईकल पछि बस ६३, अटो ३९, जीप ३८, ट्याक्टर ३३, ट्रक ३०, साईकल २५, स्कुटी २७, कार २४, टिप्पर १२ र हाईस ५ वटा दुर्घटनामा परेका छन् । चालु बर्षमा झण्डै ५ सय सवारीका साधन दुर्घटना हुँदा ८७ जनाको मृत्युभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *