दाङमा कुपोषित ९१ जना बालबालिका सम्पर्क बिहिन

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ , २० भदौ । दाङमा कुपोषित ९१ जना बालबालिका सम्पर्क बिहिन रहेका छन् । तुलसीपुर उपमहानगरपालिकाका ११ वटा वडाका १३८ कुपोषित बालबालिका मध्ये ४७ जना बालबालिका मात्र सम्पर्कमा आएको स्वास्थ्य महाशाखाले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

९१ जना कुपोषित बालबालिकाहरू सम्पर्कमा नआएका स्वास्थ्य चौकी टरीगाँउका ‘फोकल’ पर्सन रेणु केसीले बताउनुभयो । १३ जना डिफल्टर अर्थात् उपचार गर्दा गर्दै आउन छोडेका, २२ जना अन्य अस्पतालमा थप उपचारका लागि पठाएका सातजना र औषधी खाइरहेका पाँच जनाको रहेको केसीले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

२०७४ चैत ७ गतेदेखि २०७६ जेठ २७ गते सम्मको शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाका ११ वटा वडामा ६ हजार ९०८ जना बालबालिका रहेका स्वास्थ्य महाशाखा तुलसीपुरले जनाएको छ । ११ वटा वडाको केन्द्र टरीगाउँ केन्द्रमा अझै ९१ जना कुपोषित बालबालिका सम्पर्कमा आउन सकेका छैनन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *