छात्रामाथी एसिड आक्रमण

Blog Post Ad Blog Post Ad Blog Post Ad

एसिड प्रहारबाट सख्त घाइते भएकी छात्रालाई थप उपचारको लागि काठमाडौँ ल्याइएको छ । त्रिभुवन हनुमान माध्यामिक विद्यालयमा अध्यनरत १५ वर्षीया छात्रा मुस्कान खातुनलाई नारायणी अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौँ ल्याइएको हो । उनको अनुहार पाखुरा, छाती र पेटमा एसिडले पोलेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

वीरगंज महानगरपालिका २ छपकैया घर भएकी त्रिभुवन हनुमान माध्यमिक विद्यालय रेसम कोठीमा कक्षा ९ मा अध्ययनरत मुस्कान खातुनमाथि आज बिहान सवा ६ बजे स्कुल जाँदै गर्दा बाटोमा एसिड प्रहार भएको थियो । खातुनमाथि उनैका छिमेकी युवक समसाद मियाँले एसिड प्रहार गरेका हुन्।

घरबाट करिब १ किलोमिटर पूर्व- उत्तरमा रहेको विद्यालयमा जाने क्रममा बिहान करिब सवा छ बजेको समयमा सीता हस्पिटलको गल्लीमा समसाद र उनका साथी मजिद आलमको समूहले खातुनमाथि एसिड प्रहार गरी भागेका थिए। घटनापछि प्रहरीले एसिड प्रहार गर्ने समसादलाई नियन्त्रणमा लिन सफल भाएको छ। घटनामा संलग्न थपको खोजी भइरहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ कि यूवाले ती यूवतीलाई एकोहोरो प्रेम गर्थे ।
आफ्नो प्रेम अस्विकार गरेका कारण एसिड प्रहार भाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बुझिन आएको छ । यद्यपी घटनाबारे प्रहरीले वृस्तित अनुसन्धान थालेको छ ।

घटनाबारे थप अनुसन्धान जारी रहेको विरगंज प्रहरीले जनाएको छ। यसैबीच वीरगञ्जका मेयर विजय सरावगीले एसिड प्रहारबाट घाइते भएकी छात्राकोे स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *