वैदेशिक रोजगारीमा पठाउन इजाजतपत्रवाला संस्थाको धरौटी वृद्धिको म्याद समाप्त भएको छ । यससँगै वैदेशिक रोजगार विभाग मार्फत नयाँ बढेको धरौटी अनुसार वैदेशिक रोजगारीमा पठाउनको इजाजत पाउने म्यानपावरहरुको सूची प्राप्त भएको छ ।
३ सय ३ वटा म्यानपावर कम्पनी आपसमा गाभिएर एकसय ३१ वटा बनेका छन् । इजाजतपत्र लिएकामध्ये ३ सय ३ वटा म्यानपावर धरौटी बढाउन नसकेकाले खारेजीमा परेका छन् ।
म्यानपावर संस्थाहरुको नगद धरौटीको ‘भेरिफाई’ गर्ने कार्य भोली मात्रै हुनेछ । २ म्यानपावरले ६ करोड, ३ म्यानपावरले ४ करोड र ८४३ कम्पनीले २ करोड धरौटी बुझाएका छन् ।
यसअनुसार भदौ १७ भित्र धरौटी रकम जम्मा गर्न म्यानपावार कम्पनीलाई समय दिइएको थियो ।
एक आर्थिक वर्षमा ३ हजार भन्दा कम कामदार पठाउने म्यानपावरले दुई करोड, ५ हजारसम्म कामदार पठाउनेले ३ करोड तथा ५ हजारभन्दा बढी कामदार पठाउनेले ६ करोड रुपैयाँ धरौटी राख्नुपर्छ ।