मानब बेचबिखन बिरुद्धको दिबस मनाईने

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, भदौ १९ । घोराही उपमहानगरपालिकाले आगामी शुक्रबार १३ औँ राष्ट्रिय मानब बेचविखन तथा ओसारपसार बिरुद्धको दिबस मनाउने भएको छ । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बुधबार बसेको बैठकले जिल्ला प्रहरी कार्यालय दाङ सँगको समन्वयमा मानब बेचबिखन तथा ओसारपसार बिरुद्धको दिवस मनाउने निर्णय गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

२० गते शुक्रबार बिहान उपमहानगरको कार्यालयबाट सचेतना मूलक ¥यालीले बजार परिक्रमा गर्ने र त्यसपछि नगरको सभाकक्षमा छलफल कार्यक्रम गर्ने निर्णय भएको हो । कार्यक्रममा मानब बेचबिखन सम्बन्धि अबस्था, जोखिम र कानुनी उपचारका विषयमा जिल्ला प्रहरी कार्यालयको तर्फबाट आधार पत्र प्रस्तुत गर्ने निर्णय भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *