पर्यटक तान्दै जखेरा ताल

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १८ भदौ । दाङको लमही नगरपालिका वडा नं ३ मा अवस्थित प्राकृतिक जखेरा ताल रमणीय स्थल हो, जुन प्राकृतिक सुन्दरताले भरिपुर्ण छ । ताल अवलोकन गर्न दाङ सहित अर्घाखाची, प्युठान, रोल्पा, सल्यान, रुकुम, बर्दिया, बाँके, सुर्खेत लगाएतका स्थानबाट आन्तरिक प्रर्यटकहरु आउने गर्दछन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

२०५५ सालमा स्थानीयले पानी जम्मा गरेर सिँचाईको रुपमा लिने गरेको उक्त ताल संरक्षण पछि अहिले प्रसिद्ध प्रर्यटकीय स्थलका रुपमा पनि चिनिदै आएको छ । जखेरा सामुदायीक बन भित्रको ७.८ हेक्टर क्षेत्रफलमा रहेको तालमा २ वटा मन्दिर निमार्ण गरिएको छ । गणेश मन्दिर र शिब मन्दिरले जखेरा तालको आकर्षणमा बृद्धि गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जखेरा ताल मुख्य रुपमा पिकनिक स्पटको लागि पनि प्रख्यात छ । जहाँ केही बनभोजका आउने गर्दछन् भने केही विवाह पार्टीका लागी आउने गर्दछन् । जखेरामा माघे सक्रान्ती र शिवरात्रीमा ठुलो मेला पनि लाग्ने गर्दछ ।

वषैभरी चहलपहल भैरहने तालमा दशैं तिहारको समयमा बिशेष भिडभाड हुन्छ । तालमा अन्य समयमा पनि दैनिकी एक सय देखि ५ सयसम्म पर्यटकहरु आउने गरेको जखेरा शिवालय धार्मिक पर्यटन विकास सरक्षण प्रतिष्ठानका कार्यबहाक अध्यक्ष रविध्वज थापाले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाँले वषैपिच्छे पर्यटकको सङख्या बढ्दै गएपनि ताललाई अझै व्यवस्थित गर्न नसकिएको बताउनुभयो । ८ वर्ष भयो तालमा २ वटा मात्रै डुगां छन्, अझै २, ३ वटा डुंगा आवश्यक पर्ने उहाँले भन्नुभयो । तालको नियमित सरसफाई र डुंगाको सङ्ख्या बढाउन सके जखेरामा अझै बिदेशी पर्यटकहरु पनि भित्राउन सकिने उहाँले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाँले तालको सरक्षणका लागी स्थानीय तह, लमही नगरपालिकाले पनि गुरुयोजना अघि सारेको बताउनुभयो । यसको विकासका लागी पर्यटन प्रवद्र्धनमा जुट्नुपर्ने पनि उहाँको भनाई छ । अवलोकनमा आउने पर्यटकका लागी शौचालय निमार्ण गर्ने, तालको क्षेत्रफल बढाउने र पार्किङ्को व्यवस्था गर्दै जखेरा ताललाई धारपानीको मोडेलमा लैजाने लक्ष्य रहेको थापाले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *