गाई मरेको घटनाको स्थलगत अध्ययन गर्न समिति गठन

Blog Post Ad Blog Post Ad Blog Post Ad

काठमाडौं, भदौ १८  । विश्व हिन्दू महासङ्घ राष्ट्रिय समितिले बाँकेबाट सुर्खेतमा लैजाने क्रममा गाई मरेको घटनाको स्थलगत अध्ययन गर्न नौ सदस्यीय समिति गठन गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

समितिको विशेष बैठकले यस्तो निर्णय गरेको वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भरतराज पौडेले राससलाई जानकारी दिनुभयो । समितिका अध्यक्ष एवं पूर्वमन्त्री डा रामचन्द्र अधिकारीको संयोजकत्वमा गठन गरिएको समितिमा हरिबोल भट्टराई, डा मीठाराम विश्वकर्मा, दिनेशकुमार सिजापति, बाबा योगीराज, मोहन लामा, अर्जुन शिवाकोटी, बद्री भट्टराई र रोहित गौतम सदस्य रहनुभएको छ ।

अध्ययन समितिलाई एक साताभित्र स्थलगत अध्ययन गरी फर्कनेगरी अख्तियारी दिइएको छ । सरकारले उपसचिव सागरमणि पाठकको संयोजकत्वमा गठन गरेको अध्ययन समितिसँग छलफल एवं सहयोग गर्ने उद्देश्यले वरिष्ठ उपाध्यक्ष पौडेलको संयोजकत्वमा अर्को समिति गठन गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

समितिमा १००८ स्वामी भागवताचार्य, राष्ट्रिय धर्मसभाका महासचिव पुष्पराज पुरुष, महासङ्घ राष्ट्रिय समितिका उपाध्यक्ष प्रवीण घिमिरे, महासचिव गणेशप्रसाद नेउपाने, सचिव ज्योत्स्ना साउद र सहकोषाध्यक्ष विदुरप्रसाद भण्डारी रहनुभएको छ ।

महासङ्घले सल्लाहकार परिषद्का प्रमुख सल्लाहकार एवं पूर्व सभामुख तारानाथ रानाभाटको उपस्थितिमा बसेको बैठकले दुवै समिति गठन गरेको हो । सो अवसरमा पूर्व सभामुख रानाभाटले घटनाको वास्तविकता पत्ता लगाउन दुवै समितिले सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *