छोरी भए गर्भपतन

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ भदौ १७  । देउखुरीको लमही अस्पतालमा गत आर्थिक २०७५÷७६ मा एक सय सात जनाले सुरक्षित गर्भपतन गराएका छन् । गर्भपतन गराउने दुई वटा माध्ययम मध्य औषधीको प्रयोगबाट ७० जना र औजार प्रयोगबाट ३७ जनाले गर्भपतन गराएका छन् । औषधी खुवाएर गर्भपतन हुन नसकेकाहरुको औजारको प्रयोगबाट ३७ जना महिलाहरुले सुरक्षित गर्भपतन गराएको लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख विना खड्काले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

लमही नगरपालिका अन्र्तगत क्षेत्र भित्र रहेका २५ बर्षदेखि ३० वर्ष उमेरका महिलाहरुले बढि गर्भपतन गराएको लमही अस्पतालको तथ्याङ्कमा छ । सानै उमेरमा गर्भपतन गर्दा शारिरीक रुपमा कम्जोर हुने, भबिष्यमा बच्चा नरहने जस्ता समस्या पनि देखिने लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख विना खड्काले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पछिल्लो समय यता लमही क्षेत्रमा गर्भपतन गराउनेको संख्या घट्दो रहेको लमही नगरपालिका स्वास्थ्य शाखा आमा सुरक्षा फोकल छवी बस्नेतले जानकारी दिनुभयो । गर्भपतन गर्दा हुने असरको जानकारी हुदाँ पनि लमहीमा गर्भपतन गराउनेको संख्या बढ्नुमा अशिक्षा, अवैध यौन सम्पर्क र पुरुष शिक्षित हुदाँ पनि महिलालाई दबाब दिएर गर्भपतन गराउने समेत गरेको छ ।

मेडिकलबाट किनेको औषधी खाएर गर्भपतन गर्ने र औषधीको असरले उच्च रक्तश्राव हुदाँ हुदै यस्तो जटिल समस्या लिएर पनि महिलाहरु अस्पतालमा उपचारको लागि आउने गरेको लमही नगरपालिका स्वास्थ्य शाखा आमा सुरक्षा फोकल छवी बस्नेतले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

छोरी जन्मि सक्दा पनि छोरा जन्माउने आशमा एउटै महिलाले श्रीमानको दबाबमा बारम्वार गर्भवतन गराउन आउने गरेको र धेरै छोरी जन्मिदा पनि छोराको आसामा गर्भपतन गराउनुको प्रमुख कारक तत्वको रुपमा रहेको छ । गर्भपतन गरि सके पछि अधिकांश महिलाले परिवार नियोजनका अस्थायी साधन जस्तै ः पिल्स, कण्डम र डिपो लगायतका साधनहरुको प्रयोग गर्ने गरेको पाईन्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *