मरासीनीले गरे जन्मदिनमा रक्तदान

 तुलसीपुर, १७ भदौ | तुलसीपुरमा एक युवाले आफ्नो जन्मदिनमा रक्तदान गरेका छन् । तुलसीपुर उपमहानगरपालिका–६ का भिमलाल मरासिनीले ३९ औँ वर्षमा प्रवेश गरेको अवसरमा रक्तदान गरेका हुन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङका सदस्य समेत रहेका मरासीनीले मंगलबार ३८ वर्ष पुरा गरी ३९ औँ वर्षमा प्रवेश गरेको अवसरमा रक्तदान गरेका हुन् ।
जन्मदिन मनाउने तरिका पछिल्लो समय भड्कीले बन्दै गएको अवस्थामा रक्तदान नै जीवन दान भएको भन्दै रक्तदान गरिएको मरासीनीले बताए । ‘मैले अन्य समयमा पनि रक्तदान गर्ने गरेको छु, आज विशेष दिन परेकोले पनि रक्तदान गरेको हुँ उनले भने । उनले मंगलबार रक्तसंचार केन्द्र तुलसीपुरमा रक्तदान गरेका हुन् ।
मरासीनीले जन्मदिनमा पछिल्लो ४ वर्षयता रक्तदान गर्दै आएका छन् भने विभिन्न समयमा गरेर ३० औँ पटक रक्तदान गरिसकेका छन् । उनिसंगै मंगलबार रेडक्रसमा कार्यरत समाजिक परिचालक भरतबहादुर वली, अमर इंगलिस स्कुलका शिक्षक नायक अमृत रिजाल पनि रक्तदान गरेका छन् ।

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *