लोप हुँदै चर्खे पिङ

ओमप्रकाश गुप्ता
भालुवाङ १६ भदाै । चार्ड पर्वका बेला रमाइलोको लागि खेलिने चर्खे पिङ लोप हुन थालेको छ । काठै काठबाट बनाइने पिङ लोप हुन थालेकोमा बुढापाखाहरू चिन्तित हुन थालेका छन् ।
आज भोली मेला महोत्सवमा फलामका झुला हाल्न थालेपछि चर्खे पिङ लोप हुन लागेको बुढापाखाहरू बताउछन् । अन्य पिङ भन्दा चर्खे पिङ खेल्न छुट्टै आनन्द आउने गढवा गाउँपालिका वडा नम्बर १ धोद्रे कि सपना मगरको भनाई छ ।
हरितालिका तीजमा मात्र कहि कतै यो पिङ देख्न सकिने हुँदा यस्ता काष्ठका सामाग्री बचाउन नयाँ पिढीले ध्यान दिन जरूरी रहेको बुढापाखाहरू बताउँछन् ।

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *