बाल विबाह गर्नेको संख्यामा कमि आएन्

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १७ भदाै | दाङको तुलसीपुर उपमहानगरपालिका भित्र अत्यधिक बाल विबाह हुने गरेको देखिएको छ । उपमहानगरको स्वास्थ्य महाशाखाले सार्वजनिक गरेको तथ्यांक अनुसार नगर भित्र २० वर्ष मुनिका ३ सय ७५ जना गर्भवती भएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

चालु आर्थिक वर्षमा ३ सय ७५ किशोरी गर्भवती जाँच गराउन उपमहानगरका स्वास्थ्य संस्थामा पुगेको महाशाखाका जनस्वास्थ्य निर्देशक बिमल केसीले जानकारी दिनुभयो । कानुनले २० बर्ष पुगेपछि मात्रै बिबाह गर्न मिल्ने व्यवस्था गरेको छ । तर अशिक्षा, लहलहै र परम्परागत सोचका अनुसार २० बर्ष नपुग्दै बिबाह गर्ने गरेको देखिएको निर्देशक केसीको भनाई छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बढ्दो बाल बिबाह सँगै गर्भपतन गराउनेहरु पनि बढ्दै गएका छन् । चालु आर्थिक बर्षमा २० वर्ष भन्दा मुनिका १७ जनाले गर्भपतन गराएको महाशाखाले जनाएको छ । उपमहानगरले बालविवाह न्यूनीकरणका लागि घर घरमा सचेतना पत्र, गाउँ टोलमा सचेतनामूलक नाटक, अन्तक्र्रिया लगाएतका कार्यक्रमहरु गर्दै आए पनि प्रभावकारी देखिएको छैन ।

यसैविच अस्पतालमा पुगेर बच्चा जन्माउने आमाहरुको संख्यामा भने प्रगति हुदै गएको महाशाखाको भनाई छ । चालु आर्थिक वर्षको ९ महिनामा १ हजार २ सय ८९ जना गर्भवती अस्पताल पुगेर बच्चा जन्माएका हुन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उपमहानगरले नगर क्षेत्रका स्वास्थ्य संस्था मै पुगेर नियमित स्वास्थ्य जाँच तथा सुत्केरी गराए पछि प्रोत्साहन स्वरुप पाँच हजार भत्तावितरण गर्दै आएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *