खुर्पा प्रहार गरी श्रीमतीको हत्या

Blog Post Ad Blog Post Ad Blog Post Ad

रुकुम, भदौ १७ । खुर्पा प्रहार गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मुसिकोट नगरपालिका–३, माछिमीका २७ वर्षीय नवीन खड्काले २५ वर्षीया श्रीमती कमला बुढाथोकी खड्काको सोमबार राति हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अत्यधिक मदिरा सेवन गरी सोमबार तीजका दिन बेलुकी ८ः०० बजेको समयमा नवीनले श्रीमती कमलाको हत्या गरेको प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए । श्रीमतीको हत्या गरी फरार रहेका नवीनलाई मंगलबार बिहान २ः१५ बजेको समयमा घरनजिकैको जंगलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनीसँगै श्रीमतीलाई प्रहार गरेको खुर्पा पनि बरामद गरिएको छ । उनले के कारणले श्रीमतीको हत्या गरेका हुन् भन्ने कारण खुलिनसकेको प्रहरीले जनाएको छ । घटनाकाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *