गाडीमै च्यापिएर गाई मरेको पशुअधिकारकर्मिको दावि


दाङ, १६ भदौ | नेपालगन्जबाट सुर्खेत लगिएका अधिकांश गाईगोरु क्षमताभन्दा बढी ढुवानी गर्दा गाडीमै च्यापिएर मरेको आशंका पशु अधिकारकर्मीहरुले गरेका छन् । सुर्खेतको कटकुवास्थित घटनास्थल पुगेको एनिमल नेपालका पशु चिकित्सक डा. दीपेन्द्र शाहसहितको टोलीले घाइते चौपायाको शरीरमा कुल्चिएका डाम देखिएकाले च्यापिएरै मरेको आशंका गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पशु अधिकारकर्मी सुरेन्द्र कार्कीले मरेका र गम्भीर घाइते चौपायालाई छ स्थानमा फालिएको बताउनुभयो । मरेका चौपायालाई भीरबाट पनि खसालिएको टोलीले निष्कर्ष निकालेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसैबीच बेवारिसे गाईगोरुलाई नेपालगन्ज फिर्ता ल्याइएको छ । भीरमा खसालिएका ३२ गाईगोरु मरेका छन् । दर्जनौं गाईगोरु घाइते छन् । जीवितमध्ये शनिबारसम्म एक सय ६७ गाईगोरु फिर्ता पठाइएको हो ।

जिल्ला प्रशासन कार्यालय दैलेखका अनुसार जंगलमा छाडिएका अन्य गाई खोज्ने काम भइरहेको छ । नेपालगन्ज उपमहानगरपालिकाका कर्मचारी र प्रहरीले जंगलमा रहेका गाईगोरु खोजेर फिर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रवि रावलले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *