दाङमा प्रदेश स्तरिय फुटवल सुरु

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही, ५ भदौ

दाङमा प्रदेश स्तयिर फुटवल प्रतियोगता आजबाट सुरु भएको छ । खेलका प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गर्नुभएको थियो । विहिवारबाट दाङको तुलसीपुर १७, बेलझण्डीमा शुरु भएको प्रदेश नम्बर ५ मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री बरालले खेलकुदको पूर्वाधार र खेल क्षेत्रको विकासमा आफुले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउनुभयो । ।
देशमा संघीयता कार्यान्वयनमा आएसँगै विगत वर्षमा विभिन्न कारणले बजेट विनियोजन लगायत कानून निर्माणका कारणले समस्या रहेपनि चालु आर्थिक वर्षको शुरुआतसँगै प्रदेश स्तरमा खेल क्षेत्रमा प्रदेश सरकारले स्थानीय तह, जिल्ला खेलकुद विकास समिति तथा अखिल नेपाल फुटबल संघसँगको संयोजनमा खेलकुद आयोजना गर्न थालिएको र यसको गतिलो उदाहरण प्रदेश स्तरीय लिग प्रतियोगिता रहेको उहाँले बताउनुभयो ।
खेल स्वास्थ्यका लागि मात्रै नभई राष्ट्रको गरिमा उँचो बनाउने बलियो आधार रहेको बताउँदै मन्त्री बरालले आगामी पुस्ताले पनि यस क्षेत्रबाट सिक्ने गरी खेलाडी उत्पादन गर्ने काममा सरकार गम्भीरताका साथ अघि बढेको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रदेश लिग संचालक समिति संयोजक भुपेन्द्र विक्रम थापा पुकारको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले काठमाडौं केन्द्रित रहँदै आएको लिग पहिलो पटक मोफसलमा सुरुआत गरिएको बताउनुभयो । नयाँ खेलाडी उत्पादन र प्रतिभाहरुलाई पहिचान गर्न यस प्रकारका लिग अब गर्दै जाने एन्फाको योजना रहेको उहाँको भनाई थियो ।
उहाँले गत वर्षमात्र शुरु गरिएको बेलझुण्डी खेल मैदान निर्माण तथा अन्य काम छोटो समय मै सम्पन्न गरी विभिन्न प्रतियोगिता सम्पन्न गर्न सक्नु दाङ खेलकुदमा गम्भीर रहेको यहाँका खेलाडीमा खेलप्रति आकर्षण रहेको प्रमाणित भएको दावी गर्नुभयो ।
सो अवसरमा एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले नयाँ प्रतिभाहरुका लागि यस प्रकारका खेलहरु कोशेढुंगा सावित हुने भएकाले उनीहरुमा रहेको प्रतिभा बाहिर ल्याएर राष्ट्रको प्रतिनिधित्व गर्ने खेलाडी उत्पादन गर्ने काममा एन्फा लागि परेको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


उद्घाटन समारोहमा खेल क्षेत्रका विग्गज व्यक्तित्व, राजनीतिक दलका प्रतिनिधि, संघसंस्थामा आवद्ध व्यक्तित्व, खेलाडी तथा खेल प्रेमीहरुको उल्लेख्य सहभागीता रहेको थियो । लिग प्रतियोगितामा प्रदेश ५ का विभिन्न ६ जिल्लाको खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगिता आगामी १२ गतेसम्म चल्नेछ । प्रतियोगितामा प्रथम हुने टीमले २ लाखसहित कप र उपविजेताले १ लाख पुरस्कार पाउने छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *