व्यवस्थित भए तुलसीपुरका ठेला

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकामा अव्यवस्थित रुपले फलफुल तथा अन्य व्यापार गर्ने व्यापारीहरुलाई व्यवस्थापन गरिएको छ । वजारमा सडक र फुटपाथ अतिक्रमण गरेर अव्यवस्थित रुपमा रहेका पसल तथा ठेलाको व्यवस्थापनका लागि व्यापारीहरुसँग सहमति भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

व्यवस्थापनको जिम्मा लिएका कार्यपालिका सदस्य दिपक कुमालका अनुसार उनीहरुलाई तुलसीपुर नयाँ वसपार्कको पछिल्तिर रहेको खाली जग्गामा व्यवस्थापन गरिएको हो । ‘फलफुल वालालाई पछाडि अनि अन्य फुटकर व्यवसायीहरुलाई आलुमण्डि लाइन व्यवस्थित गरिएको छ ’ उनले भने । सदस्य कुमालका अनुसार वजार क्षेत्रभित्र रहेका बाँकी ठेलाहरुको व्यवस्थापनका लागि सल्यानमा रोडमा रहेको नेपाल वायु सेवा निगमको जग्गा प्रयोगमा ल्याइने भएको छ ।


तुलसीपुर वजारभित्र १ सय वढि व्यापारीहरुले अव्यवस्थित तवरले व्यापार गर्दै आएको कार्यपालिका सदस्य अमर नेपाली माइकलले वताए । उनले एकसातासम्म व्यापारीका विचमा छलफल पश्चात निष्कर्षमा पुगेको पनि वताए । उनले ठेला व्यवस्थापन पश्चात अव्यवस्थित पार्किङमा ध्यान दिइने कुरामा जोड दिए । ‘वजारलाई व्यवस्थित पार्ने सवालमा सबैलाई मिलाएर लैजान्छौ ’ माइकलले भने । उनले सडक र फुटपाथ कब्जा गरेर व्यापार गर्ने अधिकार कसैको पनि नभएको भन्दै व्यवस्थापन पछि पनि जथाभावि व्यापार गर्नेलाई कडा कारवाही गर्ने कुरामा जोड दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

वजार व्यवस्थापन नहुँदा विभिन्न दुर्घटना निम्तिरहेको थियो । उपमहानगरपालिकाले अव्यवस्थित रुपमा व्यापार गरेको भन्दै ठेला जफत गरेको थियो । आफुले व्यापार गर्ने ठेला नै जफत भएपछि व्यापारीहरु आक्रोशित भएका थिए । ठेला व्यवस्थापनसँगै उनीहरु खुसी भएका छन् । उपमहानगरपालिकाले तरकारी तथा फलफुल वजार व्यवस्थापनका लागि आधुनिक तरकारी तथा फलफुल वजार निर्माण गरिरहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *