किराना पसलमा रक्सी किन ?

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर, भदौ ३ । वजार व्यवस्थापनका लागि व्यापारीहरु नै जिम्मेवारी हुने कुरा तुलसीपुरमा आयोजित एक कार्यक्रममा वोल्ने वक्ताहरुले वताएका छन् । व्यापारका नाममा कतिपय व्यापारीहरुले जनताहरुलाई ठग्ने काम गरिएको समेत वोल्ने वक्ताहरुको भनाई थियो । व्यापारी र सरोकारवालका विचमा भएको छलफल कार्यक्रममा वोल्दै इलाका प्रशासन कार्यालय तुलसीपुरका शाखा प्रमुख श्रीधर टण्डनले १३ रुपैयाको मिनरल वाटर ३० रुपैयामा समेत विक्री भएको दृष्टान्त पेश गरे ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘कसले कालो वजारी ग¥यो भन्दा पनि हामीले कत्तिको आवाज उठायौ यो पनि महत्वपूर्ण कुरा हो ’ उनले भने । उनले वजारमा जतिसुकै अनियमितता भएपनि कसैले त्यसको विरोधमा आवाज नउठाएको वताए ।  तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव रुपवहादुर खत्रीले व्यापारीहरु कालोवजारी गर्छन् भन्नुभन्दा पनि त्यस्ता व्यापारीहरुलाई पहिचान गरेर कारवाही गर्नुपर्ने वताए । ‘स्थानीय सरकार र प्रशासनले सबैलाई एउटै आँखाले हेर्न भएन’ उनले आपत्ति जनाए ।


कार्यक्रममा वोल्दै मदिरा व्यवसायी खुमवहादुर न्यौपानेले उपमहानगरपालिकाले मदिरामा जथभावि कर लगाउन खोजेको भन्दै आपत्ति जनाए । ‘अन्य ठाउँमा मदिरालाई लगाइएको कर भन्दा तुलसीपुरले लगाएको कर धेरै वढि छ ’ उनको आपत्ति थियो । व्यवसायी न्यौपानेले जथाभावि मदिरा विक्री नियन्त्रणमा स्थानीय सरकारले ध्यान दिनुपर्न कुरामा जोड दिए । उनले भने ‘ किराना पसलमा रक्सी किन वेचिन्छ ? खोइ यसको वारेमा खोजि गरेको ?’ उनले भने । जथाभावी रक्सीको विक्री वितरणले समाज धमिलो भएको उनको भनाई थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा तुलसीपुर उद्योग वािणज्य संघका उपाध्यक्ष मिनराज भण्डारीले वजारमा दर्ता नभएका पसलहरु धेरै भएको भन्दै त्यस्ता पसलहरुको नियमन गर्न आवश्यक रहेको वताए । मुल्य सूचिको कुरालाई अनिवार्यरुपमा सबैले टाँस गर्नुपर्ने उनको भनाई थियो । तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी झरेन्द्र खरेलले मुल्य वृद्धिगर्दा सम्वन्धित सबै निकासँग समन्वय गर्नुपर्ने कुरामा जोड दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा वोल्दै तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया शर्माले एक सातामै वजार अनुगमनलाई तिव्रता दिने वताइन् । उनले जथाभावि मदिरा विक्रीको नियन्त्रण रोक्नका लागि प्रशासनको समन्वयमा तत्काल काम अगाडि वढाउने वताइन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *