जोखिम मोलेर यात्रा गर्न बाध्य

Blog Post Ad Blog Post Ad Blog Post Ad

रुकुम पश्चिमका यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । रुकुम पश्चिमको सदरमुकामबाट बाहिरिने र भित्रिने यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका हुन् । अविरल वर्षासँगै आएको पहिरोले क्षतिग्रस्त भएको सडक मर्मत नहुँदा बिग्रेकै सडकबाट यात्रुहरुले जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पहिरोका कारण कच्ची सडकको तल्लो र माथिल्लो दुवै भाग नराम्ररी बिग्रिएको छ । यात्रुसँगै यातायात व्यवसायीले पनि जोखिम मोलेरै सवारीका साधन सञ्चालन गरिरहेका छन् । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका, सानिभेरी गाउँपालिका, चौरजहारी नगरपालिका, त्रिबेनी नगरपालिकालगायतका विभिन्न पालिकाहरु जोड्ने सडकहरु भत्किएका छन् ।

समयमै मर्मत र स्थानीय सरकारले पहिरो र माटो नपन्छाउँदा जोखिम बढेको हो । यहाँ सडकहरुमा दैनिक दुर्घटना बढ्दै गएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *