भारतमा मृत्यु भएका नेपालीको शव ल्याइँदै

Blog Post Ad Blog Post Ad Blog Post Ad

राँझा, भदौ ३ । भारतको हिमाञ्चल प्रदेशमा कामका सिलसिलामा मृत्यु भएका दुई नेपालीको शव आज रातिसम्ममा नेपाल ल्याइने भएको छ । रोजगारीका लागि भारतको हिमाञ्चल प्रदेश पुगेका बाँकेका दुई जनाको पहिरोमा परी गत साउन ३२ गते मृत्यु भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

राप्तीसोनारी गाउँपालिका–५ चिलहरियाका १९ वर्षीय अर्जुन बुढामगर र ४७ वर्षीय सनबहादुर बुढामगरको पहिरोमा परी मृत्यु भएको स्थानीय चिमबहादुर घर्तीले जानकारी दिए । उनका अनुसार गत साउन ३२ गते रातिको समयमा आएको पहिरोले रुख ढलाउँदा च्याँपिएर अर्जुन र सनबहादुरको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा परेर बलबहादुर पुन, रमन पुन, रणवीर घर्ती, सनलाल पुन र कृष्ण थारू घाइते भएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनीहरु गत साउन १७ गते भारतको हिमाञ्चल प्रदेशको नारकान्द जिल्लामा स्याउ टिप्ने कामका लागि घरबाट हिँडेका थिए । उनीहरुसँगै गाउँका ३२ जना कामका लागि भारतको हिमाञ्चल प्रदेश गएका घर्तीले बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राप्तीसोनारी गाउँपालिका कमिटीका अध्यक्षसमेत रहेका घर्तीले भारतबाट शव ल्याउने काम भइरहेको जानकारी दिए । आज रातिसम्म शव नेपाल आइपुग्ने उनले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दुवैको मृत्युको खबरले चिलहरिया गाउँ शोकमग्न भएको छ । अर्जुनले गत असार १७ गतेमात्रै विवाह गरेका थिए । विवाहको एक महिना नबित्दै कमाउन भारत हिँडेका श्रीमानको मृत्युको खबरले श्रीमती दीपा बुढा अचेत छिन् । (रासस)

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *