शालिकराम पुडासैनी मृत्यु प्रकरणः आरोप प्रत्यारोपको जुहारी

Blog Post Ad Blog Post Ad Blog Post Ad

पत्रकार शालिकराम पुडासैनी ‘आत्महत्या’ प्रकरणले अहिले सडकदेखि समाजिक सञ्जाल तातिरहेको छ । केहीदिन अघि पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि बोलेको भिडियो सार्वजनिक भएपछि विशेषगरी सामाजिक सञ्जाल यसरी तातेको छ की लाग्छ प्रधानमन्त्री केपी शर्मा ओलीले भन्ने गरेको ‘अरिङ्गालको गोलो’ सामाजिक सञ्जालमा सक्रिय छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सडक होस् या सामाजिक सञ्जाल दुवै यसरी तात्नुको मुख्य कारण पुडासैनीको मृत्यु प्रकरणमा चर्चित पत्रकार रवि लामिछानेको नाम जोडिनु हो । पत्रकार पुडासैनीले ‘आत्महत्या’ गर्नुअघि बोलेको भनिएको भिडियोमा आफू न्युज २४ टेलिभिजनका पत्रकार रवि, अर्का पत्रकार युवराज कँडेल र प्रेमिका अस्मिता कार्कीका कारणले मर्न लागेको भनेका छन् । भिडियोमा भनिएको कुरा त्यतिमा मात्र सीमित छैन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दिवंगत पुडासैनीले न्युज २४ टेलिभिजनमा रविले सञ्चालन गर्दै आएको कार्यक्रम ‘सिधा कुरा जनतासँग’ लाई विज्ञापन दिने ‘एड एजेन्सी माफर्त करोडौँ भ्रष्टचार गर्ने गरेको आरोप समेत लगाएका छन् ।

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

पुडासैनीले बोलेको भिडियो सार्वजनिक भएको भोलिपल्ट प्रहरीले छानविनका लागि भन्दै पत्रकार रविसहित तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । रवि पक्राउभएसँगै उनका पक्ष र विपक्षमा चर्का टिकाटिप्पणी भइरहेका छन् । रविका समर्थकले सुनियोजित रुपमा उनलाई फसाउन खोजिएको भन्दै रिहाईको माग गरिरहेका मात्र छैनन् सडक समेत तताइरहेका छन् । अर्को जमातले रवि अपराध गर्न नै नसक्ने कुनै ‘भगवान्’ नभएको भन्दै कारवाहीका लागि सामाजिक सञ्जालसँगै सडक पनि तताइरहेका छन् ।

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

पछिल्लो समय त पुडासैनी ‘आत्महत्या’ प्रकरण राजनीतिबाट प्रेरित भएको टिप्पणी समेत हुन थालेको छ । यतिसम्मकी चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल राजनीतिक दलको मान्छे भएको र उनकै इसारमा घटना भएको आरोप लगाइएको छ । उनीमाथि शंका गर्नुेहरुले प्रहरीलाई मात्र प्राप्त भिडियो कसरी सार्वजनिक भयो भन्ने प्रश्न गरिरहेका छन् । यद्यपि, प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठले भने आफूले उक्त भिडियो पुडासैनीको परिवारबाट पाएको दाबी गरेका छन् ।

न्युज २४ टेलिभिजन स्वयं आफैँले रविको सम्बन्ध अध्यक्ष श्रेष्ठसँग राम्रो नभएकाले सुनियोजित रुपमा घटना घटाइएको हुनसक्नेतर्फ संकेत गरेको छ । पछिल्लो समय त के पनि टिप्पणी हुन थालेको छ भने नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहालसँग पनि रविको सम्बन्ध राम्रो नरहेकाले उनकै इसारामा घटना भएको आरोप समेत लगाइएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

केही चितवनवासी स्वंयले यति ठुलो घटना हुँदापनि मेयर रेणु दाहाल सक्रिय नुहुनु, पुडासैनीले ‘आत्महत्या’ गरेको चितवनको होटेलका सञ्चालकको अभिव्यक्ति शंकास्पद हुनुले घटना सुनियोजित भएको दाबी गरेका छन् । उनिहरुको भनाई अनुसार त केहीदिन अघि प्रहरीको टाउकोमा चोट लाग्नेगरी भएको झडपमा आन्दोलनलाई कमजोर बनाउन पार्टीका कार्यकर्ताले नै ढुंगा हानेका हुन् ।

 

रोचक कुरा त के छ भने पुडासैनी मृत्यु प्रकरणमा पत्रकार रवि मुछिएको विषय संसदमा मात्र पुगेको छैन राजनीतिक दलहरु पक्ष र विपक्षमा विज्ञप्ति निकालिरहेका छन् । पछिल्लो पटक नुवाकोटका कांग्रेस सभापतिले एक विज्ञप्तिमार्फत रविले छानबिनमा सहयोग गर्छु भन्दा भन्दै प्रेस स्वतन्त्राको धज्जी उडाएर उनलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन् । उता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले भने रविका समर्थहरुलाई अनुसन्धान प्रभावित हुनेगरी विरोध नगर्न आग्रह गरेको छ । अहिले हेर्दा नेपाली कांग्रेस रविको समर्थनमा देखिएको छ भने सत्तारुढ नेकपा विपक्षमा ।

आखिर जे भएपनि घटनाको निष्पक्ष छानविन हुन दिनुपर्छ । छानविनलाई नै प्रभावित हुनेगरी आन्दोलन, विरोध, प्रदर्शन गर्नु उचित पक्कै होइन ।

नीको मृत्यु प्रकरणमा चर्चित पत्रकार रवि लामिछानेको नाम जोडिनु हो । पत्रकार पुडासैनीले ‘आत्महत्या’ गर्नुअघि बोलेको भनिएको भिडियोमा आफू न्युज २४ टेलिभिजनका पत्रकार रवि, अर्का पत्रकार युवराज कँडेल र प्रेमिका अस्मिता कार्कीका कारणले मर्न लागेको भनेका छन् । भिडियोमा भनिएको कुरा त्यतिमा मात्र सीमित छैन । दिवंगत पुडासैनीले न्युज २४ टेलिभिजनमा रविले सञ्चालन गर्दै आएको कार्यक्रम ‘सिधा कुरा जनतासँग’ लाई विज्ञापन दिने ‘एड एजेन्सी माफर्त करोडौँ भ्रष्टचार गर्ने गरेको आरोप समेत लगाएका छन् ।

 

पुडासैनीले बोलेको भिडियो सार्वजनिक भएको भोलिपल्ट प्रहरीले छानविनका लागि भन्दै पत्रकार रविसहित तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । रवि पक्राउभएसँगै उनका पक्ष र विपक्षमा चर्का टिकाटिप्पणी भइरहेका छन् । रविका समर्थकले सुनियोजित रुपमा उनलाई फसाउन खोजिएको भन्दै रिहाईको माग गरिरहेका मात्र छैनन् सडक समेत तताइरहेका छन् । अर्को जमातले रवि अपराध गर्न नै नसक्ने कुनै ‘भगवान्’ नभएको भन्दै कारवाहीका लागि सामाजिक सञ्जालसँगै सडक पनि तताइरहेका छन् ।

 

पछिल्लो समय त पुडासैनी ‘आत्महत्या’ प्रकरण राजनीतिबाट प्रेरित भएको टिप्पणी समेत हुन थालेको छ । यतिसम्मकी चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल राजनीतिक दलको मान्छे भएको र उनकै इसारमा घटना भएको आरोप लगाइएको छ । उनीमाथि शंका गर्नुेहरुले प्रहरीलाई मात्र प्राप्त भिडियो कसरी सार्वजनिक भयो भन्ने प्रश्न गरिरहेका छन् । यद्यपि, प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठले भने आफूले उक्त भिडियो पुडासैनीको परिवारबाट पाएको दाबी गरेका छन् ।

न्युज २४ टेलिभिजन स्वयं आफैँले रविको सम्बन्ध अध्यक्ष श्रेष्ठसँग राम्रो नभएकाले सुनियोजित रुपमा घटना घटाइएको हुनसक्नेतर्फ संकेत गरेको छ । पछिल्लो समय त के पनि टिप्पणी हुन थालेको छ भने नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहालसँग पनि रविको सम्बन्ध राम्रो नरहेकाले उनकै इसारामा घटना भएको आरोप समेत लगाइएको छ ।

केही चितवनवासी स्वंयले यति ठुलो घटना हुँदापनि मेयर रेणु दाहाल सक्रिय नुहुनु, पुडासैनीले ‘आत्महत्या’ गरेको चितवनको होटेलका सञ्चालकको अभिव्यक्ति शंकास्पद हुनुले घटना सुनियोजित भएको दाबी गरेका छन् । उनिहरुको भनाई अनुसार त केहीदिन अघि प्रहरीको टाउकोमा चोट लाग्नेगरी भएको झडपमा आन्दोलनलाई कमजोर बनाउन पार्टीका कार्यकर्ताले नै ढुंगा हानेका हुन् ।

 

रोचक कुरा त के छ भने पुडासैनी मृत्यु प्रकरणमा पत्रकार रवि मुछिएको विषय संसदमा मात्र पुगेको छैन राजनीतिक दलहरु पक्ष र विपक्षमा विज्ञप्ति निकालिरहेका छन् । पछिल्लो पटक नुवाकोटका कांग्रेस सभापतिले एक विज्ञप्तिमार्फत रविले छानबिनमा सहयोग गर्छु भन्दा भन्दै प्रेस स्वतन्त्राको धज्जी उडाएर उनलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन् । उता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले भने रविका समर्थहरुलाई अनुसन्धान प्रभावित हुनेगरी विरोध नगर्न आग्रह गरेको छ । अहिले हेर्दा नेपाली कांग्रेस रविको समर्थनमा देखिएको छ भने सत्तारुढ नेकपा विपक्षमा ।

 

आखिर जे भएपनि घटनाको निष्पक्ष छानविन हुन दिनुपर्छ । छानविनलाई नै प्रभावित हुनेगरी आन्दोलन, विरोध, प्रदर्शन गर्नु उचित पक्कै होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *