पर्यटकिय स्थल बन्यो ज्यामिरे दह


रीता लामा

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराहीमा कुवा, जरुवा र टयुवेलको पानी सुक्दै गएको, सिचाइको अभावमा आकाशेले उब्जनी नहुने भए पछि खेति गर्दा नोक्सानी व्यहोर्नु परेको जस्ता गुनासाहरु स्थानिय जनताबाट अत्यधिक आउन थाले । बजार क्षेत्र भएको हुदाँ जनसंख्या बढ्दै जानु तर पानीको मुहान सुक्दै जानुले घोराही र यस आसपासका क्षेत्रहरु केही बर्ष भित्रै मरुभुमि हुने संकेत देखिन थाल्यो ।


२०७१मा सालमा तत्कालिन घोराही नगरपालिकाका कार्यकारी प्रमुख तुफानसिह केसीलेले एउटा उपाय निकाल्नुभयो बर्षातमा तीन महिनासम्म लगातार आउने आकासे पानीको संकलन गरि हिउदमा सिचाइ गर्ने । सोही अनुरुप घोराहीका केही स्थानमा बर्षातको पानी संकलन गर्नको लागि खाल्डा खनियो । सबै भन्दा पहिले घोराहीको वडा नम्वर १३मा रहेको ज्यामिरेमा रहेको पुरानो सिमसार क्षेत्रलाई पोखेरी बनाइ ठुलो भागमा फैलाइयो र बर्षातमा जति पानी परे पनि अटाउन सक्ने बनाइयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


उक्त तालमा बर्षातको पानी जम्मा मात्र भएन त्यसमा माछाका भुरा छोडियो र माछा मार्नको लागि ढुङ्गाको व्यवस्था समेत गरियो । तर अहिले उक्त स्थानको पानी सिचाइको लागि मात्र होइन, माछापालनसँगै एउटा जिल्ला कै नमुना पर्यटकिय स्थल बनेको छ । पोखरी निर्माण गरिएको छोटो समय भित्रै त्यहाँ घुम्न जानेको ताति लाग्न थालेको छ ।

घोराही बजारबाट करिव ५ किलोमिटर दुरीमा रहेको ज्यामिरे दह जंगलको बीचमा पर्छ । दहसम्मै अझै पनि सवारी चल्ने बाटो पुग्न सकेको छैन । करिव आधा घण्टा पैदल हिड्नु पर्छ तर दहमा फोटो, खिच्न, ढुङ्गा चढ्न भने दिनहु जसो आन्तरिक पर्यटकहरु जाने गरेका छन । कृतिम ताल कै कारण उक्त क्षेत्र निकै मनोरम, सुन्दर छ । जंगलको बीचमा भएको कारण चराचुरुङ्गीको चिरविरचिर आवाजले त्यहाँ जाने जो कोहीलाई मोहित पार्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

रारामा पुगे जस्तै यस क्षेत्रका मानिसहरु दैनिक जसो ज्यामिरेमा पुगेर फोटो खिचेको दृष्य फेसबुकमा देख्न पाइन्छ । विशेष गरि विद्यार्थी, विदेशबाट गाउँ फर्केकाहरु, कर्मचारी, व्यवसायीहरु विदाको मौका पारेर ज्यामिरेमा स परिवार पुग्ने गरेको बताउनुहुन्छ ताल संरक्षण गरिरहेको ज्यामिरे सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष दयाजी रोका । यहाँका स्थानियहरु ज्यामिरेलाई अहिले सानो रारा वा राराको शाखा भनेर नाम दिन थालेको उहाँको भनाई छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कृतिम ताल पर्यटकिय स्थल बने पछि त्यहाँका स्थानियको राम्रो आम्दानीको स्रोत पनि ताल बनेको हुदाँ आफुहरुले तालको थप सुधारको लागि प्रयास गरिरहेको उहाँले बताउनुभयो । सिचाइ र पर्यावरण जोगाउनको लागि मात्र नभइ अहिले ताल राम्रो पर्यटकिय स्थल बनेको उहाँको भनाई छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नामको चर्चा
युगौंदेखि प्राकृतिक ताल रहे पनि यो ताल पछिल्लो समयमा पुरिदै गएर निकै सानो ठाउँमा सिमित थियो । दुइ बर्षअघि मात्रै तत्कालीन घोराही नगरपालिकाको अग्रसरतामा तालले पुनर्जीवन पाएको हो । ज्यामिरे तालको नाम कसरी रहन गयो भन्ने सन्दर्भमा केही श्रुति भए पनि ‘ज्यामुर’ शब्दबाट ज्यामिरे भएको तर्कलाई बलियो मान्छन् स्थानीय संरक्षणकर्मीहरु । ताल निर्माण समितिका अध्यक्ष रहेर लामो समय काम गर्नुभएका घोराही १३ का वडा सदस्य केशव गिरीका अनुसार मगर खाम भाषाको ज्यामुरबाट ज्यामिरे तालको नाम रहन गएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाँका अनुसार खाम मगभाषी भेडी गोठालाहरुले तालमाथिको मौलाकोटमा जग्गा किनेर भेडा राख्ने गरेका थिए । उनीहरु भेडालाई पानी खुवाउन यही तालमा ल्याउने गरेका थिए । मगर खाम भाषामा ज्यामुरको अर्थ छिप्पछिपे हिलो वा सिमसार क्षेत्र हुने भएकाले भेडीगोठालाहरुले नै यो ताल (यद्यपि त्यतिबेला यति ठूलो ताल थिएन)लाई ज्यामुर ज्यामुरभन्दा ज्यामिरे भएको गिरीको तर्क छ ।
एक हजार १५ मिटर लम्बाइ, २५ देखि ३० मिटर गहिराइ र ५० देखि १ सय ५० मिटर चौडाइमा यो ताल फैलिएको छ ।

यो तालमा अहिले ३५ हजार करोड लिटर पानी संचित छ । यसबाट निस्कने पानीले तीन वडाका बासिन्दाले सिंचाइ सुविधा पाएका छन् भने डुंगा राखेर पर्यटन प्रबर्धनको काम पनि अघि बढाइएको छ । लाइफ ज्याकेट लगाएर डुंगा चढ्ने अचेल लहर नै चलेको छ ।

आर्थिक बर्ष २०७२र०७३ मा घोराही नगरपालिकाको ३५ लाख, केन्द्र सरकारले नगरपालिकालाई पुरस्कार दिएको ५० लाख र स्थानीयको १५ लाख जनश्रम गरी एक करोडमा ताल पुननिर्माण गरिएपछि यो तालले पुनर्जीवन पाएको हो । गत आर्थिक बर्षमा पनि ५५ लाख खर्च गरेर काम भएको थियो भने अहिले पनि संघीय सरकारले सशर्त अनुदानतर्फ यो ताल संरक्षणका लागि बजेट पठाएको छ । त्यसो त बाह्रकुने, ज्यामिरे र मौलाकोटलाई जोड्न प्रदेश सरकारले पनि दुइ करोड बजेट छुट्याएको छ ।

उपमहानगरले अहिले घोराहीको ज्यामिरे मात्रै नभएर वडा नम्वर १७ को ढिकपुर र गुलरिया, वडा नम्वर १६को गंगटे भन्ने स्थानमा कृतिम जलासय निर्माण गरेको उपमहानगरका इन्जिनियर रामधन श्रेष्ठ बताउनुहन्छ । उहाँका अनुसार वडा नम्वर १८को गिठेपानी र सल्लाघारी, वडा नम्वर १२को सिस्नेरीगटे, वडा नम्वर १८को सल्लाघारी, डवरी लगायतका करिव १२ स्थानमा कृतिम जलासय निर्माण गरेको छ । साथै पुराना पोखरीलाई थप निर्माण तथा ममर्त गरि सिचाईको लागि पानी प्रसस्त बनाएको उहाँको भनाई छ ।

जुन स्थान अहिले पर्यटकिय स्थल बन्दै गइरहेको र नयाँ बनाइएका जलासयमा स्थानियवासीले सिचाई, माछापालन, तरकारी खेति, फलफुल खेति गरिहेको उपमहानगरका प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो । ‘सिचाई, व्यवसायिक टुरिजम, माछापालन, हासपालनका लागि हामीले कृतिम जलासय निर्माण गरेका हौ ।’ उहाँले भन्नुभयो ‘मुख्य कुरा जलवायु अनुकुलन कै लागि हो ।’

गाउँमा रहेको कुवा, इनार, जरुवा, ट्युवेलको पानी नसुकोस भनेर पनि कृतिम जलासयमा उपमहानगरले लगानी गरेको उहाको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *