खड्ग बुढाथोकीलाई सुपर एचिभर अवार्ड

दाङ, साउन २८ । राम्रो बजार बनाउन सफल श्रृङ्खला सप्लायर्स दाङले ‘सुपर एचिभर अवार्ड २०१८–१९’ प्राप्त परेको छ । १३ अगस्ट २०१९ माइन्डोनेसीयाको बालीमा भएको ग्लोबल टे«डिङ्ग कन्सर्नले बार्षिक पार्टनर कन्फ्रन्सको आयोजना गर्दै सप्लायर्सका खड्ग बुढाथोकीलाई ‘सुपर एचिभर अवार्ड २०१८–१९’ प्रदान गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेपालबाट बाट श्रृङ्खला सप्लायर्सका प्रोप्राईटर तथा प्रतिष्ठित व्यवसायी खड्गबहादुर बुढाथोकीलाई लिन्डेम्यान्स वाईन ब्राण्डको टाउन क्याटेगोरीमा ठूलो क्षेत्र ओगट्न सफल भएको भन्दै बुढाथोकीलाई सम्मान गरीएको हो । देशको अर्थतन्त्र तथा रोजगारीलाई समेत टेवा दिनेगरी दाङलाई आधार बनाएर देशै भरी व्यवसायका विभिन्न क्षेत्रहरुमा सफलता हासिल गर्नुभएका सफल व्यवसायी बुढाथोकीले विभिन्न समयमा विभिन्न एचिभमेन्ट अवार्डहरु प्राप्त गरी सक्नुभएको छ ।

दाङ जिल्लामा बैङ्किङ्ग क्षेत्र, एल.पि.जि. ग्याँस, पेट्रोलियम पदार्थ, माईनिङ्ग, शिक्षा, स्वास्थ्य, तथा विभिन्न स्वदेशी तथा विदेशी उत्पादनको मार्केटिङको क्षेत्रमा बुढाथोकीले काम गर्दै आउनु भएको छ । व्यवसायी तथा उद्योगी बुढाथोकी समाजसेवामा समेत क्रियाशिल नाम हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *