दाङ, साउन ५ । दाङको कटुवा खोला किनारमा रहेको एक पोखरीमा डुबेर तीन युवतीको मृत्यु भएको छ । आईतबार बेलुकी ८ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १८ स्थित कटुवा खोला किनारमा सिंचाईकालागि निर्माण गरिएको पोखरीमा डुबेर तीन युवतीको मृत्यु भएको हो ।
पोखरीमा नुहाउने क्रममा घोराही उपमहानगरपालिका वडा नं. १८ अम्वापुर निवासी १९ बर्षीय बसन्ता बिक, घोराही १८ सालघारी निवासी १९ बर्षीया झरणा बिक र झरनाकी १६ बर्षीया बहिनी अमृता बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोद बिक्रम शाहले बताउनुभयो ।
उनीहरुलाई पोखरीमा डुबेको अबस्थामा प्रहरीले उद्दार गरि उपचारकालागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ल्याएको थियो । तर प्रतिष्ठानले उनीहरुलाई मृत घोषणा गरेको थियो । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक शाहले जानकारी दिएको छ ।