दाङमा सोमवार ४ हजार बोरा मल आउदै


दाङ,५ साउन | जिल्लामा फाटफुट मल आए पनि सबै किसानले सहज रुपमा मल पाउन सकेका थिएनन् । जसको कारण यहाँका किसानहरु आन्दोलित समेत भएका थिए । मल कै लागि पटक पटक साल्टेडिङ, कृषि सामाग्री केन्द्र, जिल्ला प्रसासन कार्यालय र उपमहानगरपालिका घोराउ गर्दै आएका किसानको समस्या भने केही हदसम्म समाधान हुने भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


किसानको समस्यालाई ध्यानमा राखेर जिल्ला प्रसासन कार्यालय केन्द्र सरकारको सहयोगमा जिल्लामा ४ हजार बोरा डिएपी मल भोलि ल्याउन लागेको हो । व्यवसायीहरुको असहयोगको कारण आजै आउनुपर्ने मल आउन नसके पनि भोली जसरी भए पनि जिल्ला भित्रयाउने प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए ।


मल अभाव कै कारणले किसानहरुको खेत बाँझो हुन नदिन पहिलो चरणमा ४ हजार बोरा मल जिल्ला ल्याउन लागिएको उनले बताए । साथै उनले अरु थप मल ल्याउनको लागि आफुहरुले पहल गरिरहने बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *