बर्षेनी बाढीका कारण लाखौंको क्षति

दिवाकर पोख्रेल
देउखुरी, असार । दाङ देउखुरीका स्थानीय सरकारले विपत व्यवस्थापनको लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् । बार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश गरी लमही नगरपालिकाले विपत व्यवस्थापनको सक्रियता देखाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ देउखुरीका गढवा,राजपुर र राप्ती गाउँपालिकाका सबै जसो वडाहरु बाढीकै समस्या हुने गर्दछ । राप्ती नदी, दोलही खोला, क्रक्रहवा खोलाका कारण देउखुरीमा बर्षेनी बाढी आउने ठूलो संख्यामा प्रभावित हुने गर्दछन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


लमही नगरपालिकाको वडा नम्बर ८ र ९ मा २०७४ सालमा आएको बाढीका कारण प्रभावित भएकाहरुको लमही नगरपालिकाले आवास नै निर्माण गरिदिएको थियो । आर्थिक बर्ष २०७४÷२०७५ को बजेटबाट प्रति घर तीन लाखको दरले २२ वटा घर निर्माण गरेको लमही नगरपालिका प्रमुख कुलबहादुर केसीले जानकारी दिनुभयो ।

यसैगरी स्थानीय सरकारले बिपतको सम्भावित क्षेत्रका नागरिकलाई सचेतना मुलक कार्यक्रम,पूर्व सुचना प्रणाली सामाग्री हस्तान्तरण गरेको छ । यसैगरी प्रत्येक वडाहरुमा विपद व्यवस्थापन समिति गठन गरेको छ । विपत व्यवस्थापनको लागि नगरपालिकाले आर्थिक बर्ष २०७२०७५÷२०७६ का लागि २८ लाख बजेट बिनियोजन गरेको थियो । भने आगमी आर्थिक बर्षको लागि ३५ लाख बजेट बिनियोजन गरेको छ । उत्त बजेटबाट नगर तथा वडा स्तरिय सामाग्री उपलव्ध गराउने र अभिमुखीकरण कार्यक्रम संचालन गरिने छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

लमही नगरपालिकाको वडा नम्बर ३ र ५ वडा बाहेक अन्य वडाहरु बढीको उच्च जोखिममा रहेका छन् । यस्तै गरी गढवा गाउँपालिकाको १,५ र ७ बाढीको उच्च जोखिममा रहेको वडा हुन । यस्ता वडाहरुमा पुर्व सुचना सामाग्री र राहत तथा उद्धारको लागि बजेटको व्यवस्था गरिएको कार्यपालिका सदस्य तथा वडा नम्बर ५ का अध्यक्ष प्रकाश भण्डारीले जानकारी दिनुभयो । बर्षातको समयमा राप्ती नदीमा आउने बाढीले देउखुरीका चारवटै स्थानीय तहमा प्रभावित गर्ने गरेको छ ।

विपत व्यवस्थापनको लागि स्थानीय पालिका सहित वडा स्तरमा पनी यस सम्बन्धी कार्यक्रम भइरहेका छन् । विपतबाट बच्ने तरीका बाढी प्रभावती क्षेत्रमा त्यसको पुर्व सुचना प्रणाली लगायतकोका कामहरु भइरहेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *