अनुदानको मल व्यापारीको गोदाममा

नवीन अभिलाषी
दाङ, असार १८ । सरकारले कृषकहरुको लागि अनुदानमा वितरण गर्ने रासायनिक मल घोराहीको एक व्यापारीको गोदाममा भेटिएको छ । मंगलबार घोराहीमा भएको अनुगमन टोलीले घोराही उपमहानगरपालिका वडा नं. १४ मिलन चौक नजिकै रहेको प्रज्ञा सप्लायर्सको गोदाममा ठुलो मात्रामा लुकाई छिपाई राखेको अबस्थामा रासायनिक मल फेला पारेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मनसुन सुरु भएपछि रोपाईको लागि आबस्यक पर्ने रासायनिक मल जिल्लामा चरम अभाव भैरहेको छ । मल अभावका कारण जिल्लाका कृषकहरु तड्पीरहेका छन् । यस्तो बेला अनुदानको मल भने ब्यापारीको गोदाममा भेटिएको हो । सरकारले कृषि सामग्री कम्पनी संस्थान र नेपाल साल्ट्र ट्रेनिङ कर्पोरेसनलाई रासायनिक मल वितरण गर्ने जिम्मेवारी दिएको छ । यी दुई निकायले जिल्लाका सहकारी संस्था मार्फत कृषकहरुलाई वितरण गर्नुपर्छ । कुनै व्यवसायी, व्यापारी वा व्यक्तिले सोझै किन्न पाउने व्यवस्था छैन । तर घोराहीको प्रज्ञा सप्लायर्समा लुकाई छिपाई राखेको अबस्थामा ६० बोरा भन्दा बढि रासायनिक मल फेला परेको जिल्ला प्रशासन कार्यालयका प्रशासनिक अधिकृत यज्ञबहादुर बुढाले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सप्लायर्सको गोदामको भित्र कसैले नदेख्ने गरी अध्यारो कोठामा बन्द गरेर नेपाल साल्ट्र ट्रेनिङ कर्पोरेसन र कृषि सामग्री कम्पनी संस्थानको मल लुकाएर राखेको छ । सप्लायर्सले ठुलो मात्रामा मल सुरुङ जस्तो कोठामा लुकाएर राखेको छ भने, फुटकरमा समेत विक्रि वितरण गर्ने गरेको पाईएको हो । नेपाल साल्ट्र ट्रेनिङ कर्पोरेसन र कृषि सामग्री कम्पनी संस्थानले जिल्लाका सहकारी संस्था मार्फत कृषकहरुलाई अनुदानमा दिने मल कुनै व्यवसायी वा ब्यक्तिले किनेर विक्रि वितरण गर्न नपाउन कृषि सामग्री कम्पनी संस्थान घोराही वितरण शाखाका प्रमुख विष्णुप्रसाद केसीले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘जिल्लामा मलको अभाव भएका कारण अहिले जिल्लाका सहकारी संस्थाहरुले सोझै भैरहवाबाट किनेर ल्याउन सकिने गरी व्यवस्था मिलाईएको छ । तर यो युरिया मलको लागि मात्र हो ।’ प्रमुख केसीले भन्नुभयो ‘एउटा व्यवसायीको गोदाममा त्यति ठुलो मल कसरी आईपुग्यो त्यो खोज अनुसन्धानकै विषय हो ।’

सप्लायर्सका सञ्चालक टेकनप्रसाद गुप्ताले भने एक दुई बोरा मल भैरहवाबाट ल्याएको प्रतिक्रिया दिएका छन् । तर उनले मल किनेको कुनै कागजात समेत छैन । उनले एक दुई बोरा मल भनेपनि गोदाममा करिव ६० बोरा मल लुकाएर राखेको अबस्थामा अनुगमन टोलीले फेला पारेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *