छाँयानाथ—फालावाङ जोड्ने पर्यटन मार्गको निर्माण तिब्र गतिमा


सल्यान, ५ असार ।
कर्णाली प्रदेश सरकारको अनुदान बजेटमा सल्यानमा पर्यटन मार्ग निर्माण तिब्रगतिमा भएको छ । कपुरकोट गाँउपालिका—६ सातामुल—छाँयानाथ—सिनवाङ हुँदै त्रिवेणी गाउँपालिकाको फलावाङ जोड्ने ऐतीहासिक पर्यटन मार्ग निर्माणका काम तिब्रगतिमा अघि बढेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पयर्टन क्षेत्रको विकासका लागि सडक अनिवार्य भएको भन्दै कर्णाली प्रदेश सरकारको ४५ लाख अनुदान बजेमा सातमूलदेखि फलावाङ जोड्ने पर्यटन मार्गको निर्माण थालिएको हो । पर्यटन मार्गले क्रमश ः सल्यानका ऐतिहासिक तथा पर्यटकि स्थल जोडिने कपुरकोट गाँउपालिकाका अध्यक्ष भिमबहादुर सेनले जानकारी दिनुभयो ।

सिनवाङको पर्यटकीय क्षेत्र सातामुलदेखि फलावाङको ऐतिहासिक पुतली दरबारसम्म पुग्ने पर्यटन मार्गले पर्यटन प्रवद्धनलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । सडक निर्माण भएसंगै किसानको उत्पादित सामाग्रीको बजारीकरणमा सहयोग पुग्ने भएको छ ।।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *