प्रदेश सरकारका विभिन्न कार्यक्रम सम्पन्न


दाङ , ४  असार | दाङमा ५ नम्बर प्रदेश सरकारले उपलब्ध गराएका सीप तथा क्षमता विकास सम्बन्धि विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । ५ नम्बर प्रदेश सरकार सामाजिक विकास मन्त्रालय संगको सहकार्यमा जिल्ला स्थित जनउत्थान समाज विकास केन्द्र दाङका विभिन्न स्थानमा यस्ता कार्यक्रम सञ्चालनमा ल्याएका हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

केन्द्रका कार्यकारी प्रमुख कुल बहादुर डाँगीले प्रदेश सरकारले सीमान्तकृत, पीछडिएका तथा उत्पीडित समुदायलाई लक्षित गरी यस वर्ष दाङका लागि १५ लाख बराबरको बजेट विनियोज गरेको र सोही अनुरुपका कार्यक्रमहरु सम्पन्न भएको जानकारी दिए । प्रदेश सरकारले केही ढिला गरी बजेट पठाएता पनि आफुहरुले समयमा नै काम सम्पन्न गर्न सफल भएको उनले जानकारी दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


केन्द्रका कार्यकारी प्रमुख डाँगीका अनुसार जिल्लाका विभिन्न स्थानमा मुढा बनाउने, अल्लोसंग सम्बन्धित सामग्रि उत्पादन गर्ने तथा क्षमता विकास सम्बन्धि तालिमहरु सम्पन्न भएका छन् । जसअनुसार राप्ती गाउँपालिका—६ बगरापुरमा जेष्ठ १५ गते देखी ३१ गते सम्म २५ जना महिलालाई बाँसका मुढा बनाउने तालिम प्रदान गरिएको छ । तालिममा गोपीलाल सुबेदीले प्रशिक्षण दिएकी थिइन । यस्तै घोराही उपमहानगरपालिका — १८ फुर्सेखालीमा दङ्गाली अल्लो उत्पादन समुह अन्तर्गतका ३० जना महिलालाई २० दिने अल्लोको धागो तथा कपडा उत्पादन सम्बन्धि तालिम प्रदान गरिएको छ ।

यस्तै राप्ती गाउँपालिका— ६ बगरापुरमा ३५ , घोराही १८ फुर्सैखालीमा ४० र राप्ती गाउँपालिका — २ बराखुट्टीमा ४० जनालाई १ दिने क्षमता विकास सम्बन्धि तालिम पनि प्रदान गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


त्यस्तै राप्ती गाउँपालिका — ६ बगरापुर मुक्त कमैया समुहका ३५ जना, घोराही १८ फुर्सेखालीका ३९ जना, राप्ती गाउँपालिका— २ बराखुट्टी ३५ जना र घोराही — १६ सानी अम्बापुर स्थित मुक्त कमैया बस्तीका ३७ जनलाई ३ दिने उद्यमशिलता विकास सम्बन्धि तालिम प्रदान गरिएको छ । उद्यमशिलता सम्बन्धि तालिम प्रशिक्षक टेकबहादुर चौधरी, भिम बहादुर बस्नेतले दिनुभएको कार्यकारी प्रमुख डाँगीले जानकारी दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *