कुपोषित बच्चाको संख्या बढ्दै


दाङ, ३ असार ।
दाङमा कुपोषित बच्चाहरुको संख्या बढ्दै गएको छ । गर्भ रहे देखी नै अपनाउनु पर्ने होसीयारी, स्वास्थ्य जाँच, पोषणमा ध्यान नदिदा कुपोषित बच्चाहरुको संख्या बढ्दै गएको देखिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङमा पोषणको क्षेत्रमा काम गर्दै आएको संस्था सुआहाराका अनुसार चालु आर्थिक बर्षमा २ सय ४८ जना बालबालिकामा कडा खाले कुपोषण भएको छ ।

त्यसैगरी अघिल्लो आर्थिक बर्षमा २ सय ९८ जना बालबालिकामा कुपोषण भएको भेटिएको सुआहाराका कार्यक्रम संयोजक सुरजकुमार शर्माले जानकारी दिनुभयो । बच्चालाई आबस्यक पर्ने पोषण, स्वास्थ्य उपचार, स्याहारमा कमि हुदा कुपोषणको अबस्था चिन्ताजनक देखिएको उहाँको भनाई छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही क्षेत्रका चारवटा कडा कुपोषणको बहिरंग उपचार केन्द्रमा अहिले ८७ जना बालबालिका कडाखाले कुपोषण भएको अबस्थामा उपचारमा छन् ।

घोराहीमा ३५, रामपुरमा १८, ढिकपुरमा ३२ र सैघामा १२ जना बच्चाहरुमा कडाखाले कुपोषण देखिएको सुआहारा कार्यक्रमको घोराही फिल्ड सुपरभाईजर बिमला न्यौपानेले जानकारी दिनुभयो । चालु आर्थिक बर्षमा घोराहीमा दुई बच्चाको कुपोषणकै कारणले मृत्यु समेत भएको उहाँको भनाई छ ।।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *