द्धन्द्ध पीडितले मागे स्थानिय सरकारसँग योजना

Blog Post Ad Blog Post Ad Blog Post Ad

रीता लामा

घोराही, १५ जेठ । ससस्त्र द्धन्द्धको समयमा राज्य र तत्कालिन विद्रोही पक्षबाट पीडित भएका द्धन्द्ध पीडितहरुले आफुहरुले अझै पनि आत्म निर्भर हुनको लागि कुनै किसिमको रोजगार नपाएको भन्दै वडासँग विभिन्न माग राखेका छन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मनव कल्याण तथा वातावरण संरक्षण केन्द दाङको आयोजना तथा सामाजिक विकास मन्त्रालय ५ न.प्रदेशको सहयोगमा तीन दिने द्वन्द्व प्रभावित महिलाहरुलाई पैरवी विकास तथा शसक्तिकरण सम्वन्धि तालिम मंगलवार घोराहीमा सम्पन्न भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

द्धन्द्ध पीडित महिलाहरुको पैरवी तालिम पछि तालिममा उनीहरुले वडा नम्वर १५सँग विभिन्न माग राखेका हुन । तालिममा सहभागि करिव ३० जना बढी महिलाहरुले द्धन्द्ध पीडित महिलाहरु संगठित गर्न, द्धन्द्ध पीडितको तथ्यांक संकलन गर्न, उनीहरुको वर्गीकरण गर्न, परिचय पत्रको व्यवस्था गर्नको लागि स्थानिय सरकारले सहयोग गर्नुपर्ने माग राख्दै वडा नम्वर १५का वडा अध्यक्ष रमेश पाण्डेलाई योजना पत्र बुझाएका छन । यस्तै महिलाहरुले स्वास्थ्य उपचारको लागि जीवन विमाको व्यवस्था हुनुपर्ने, मनोविमर्श तालिम, स्वस्थ्य प्रजनन तालिम दिनुपर्ने माग राखे त्यस्तै उनीहरुले द्धन्द्ध पीडितको क्षमता र आवश्यकता अनुसार स्थानिय सरकारले सिप मुलक तालिम रोजगारीको व्यवस्था गर्नुपर्ने उनीहरुको माग थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

द्धन्द्ध पीडित महिलाहरुले महिलाहरुले निशुल्क हाजेरी तालिम, सिलाई कटाइ, ड्राइभिङ, व्युटिपार्लर, तरकारी खेति, पशुपालन, निशुल्क लोकसेवा कक्षा, महिला विभिन्न क्षमता विकास, नेतृत्व विकास तालिम लगायतको दिनुपर्ने माग गरेका थिए । साथै उनीहरुले धरै द्धन्द्ध पीडितले अझै पनि राहात नपाएको भन्दै राहत नपाएकोलाई राहतको व्यवस्था हुनुपर्ने माग राखेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका अध्यक्ष भरतराज देवकोटाको अध्यक्ष एवम वडा नम्वर १५का वडा अध्यक्ष रमेश पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा अध्यक्ष पाण्डेले द्धन्द्ध पीडितको माग आफुले सम्वोधन गर्ने बाचा गरेका थिए ।

कार्यक्रमा द्धन्द्ध पीडित उसा सुवेदी, रटना चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सहजिकरण निर्मला गौतमले गरेकी थिइन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


Leave a Reply

Your email address will not be published. Required fields are marked *