नगरप्रमुख पाण्डेद्धारा गणतन्त्र दिवसको शुभकामना


तुलसीपुर, १५ जेठ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले १५ औ गणतन्त्र दिवसको अवसरमा शुभकामना दिएका छन् । शुभकामना सन्देश जारी गर्दै नगरप्रमुख पाण्डेले जनताको शासनलाई वलियो वनाउनका लागि गणतन्त्रलाई विकास र समृद्धिको मुल आधार वनाउनुपर्ने कुरा उल्लेख गरेका छन् । ‘गणतन्त्र स्थापनाका लागि ज्यान दिने सहिद र उनका परिवार, घाईते, अपांग लगायत सबै सर्वसाधारणप्रति आभार प्रकट गर्न चाहन्छु’ शुभकामना सन्देशमा उल्लेख छ ।
गणतन्त्रकै कारण नेपाल संघीयतामा आएको भन्दै पाण्डेले जनता सार्वभौमसत्तासम्पन्न वन्नमा गणतन्त्रकै हात रहेको उनले उल्लेख गरेका छन् । गणतन्त्रका कारणप्राप्त भएको उपलब्धिको रक्षा गर्नमा सबैले ध्यान दिनुपर्ने कुरामा उनले जोड दिएका छन् । ‘सबै उपलब्धिहरुको संस्थागत विकास गर्दै सामाजिक न्याय, समानता र समृद्धिको यात्रालाई संगसंगै अगाडि वढाउनुपर्ने कार्यभारलाई हामीले पुरा गर्नुपर्नेछ ’ उनले उल्लेख गरेका छन् । शुभकामना सन्देशमा गणतन्त्र दिवसले सबै नेपालीलाई एकताको सुत्रमा वाँधेर विकास र समृद्धिको यात्रामा हिडाउन सकोस् भन्ने शुभेच्छा समेत व्यक्त गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *