‘१२ गाउँ’ लाई दर्शकको साथ, ‘छक्कापञ्जा’ ५ लाई दियो मात
दाङ, ८ कार्तिक । विराज भट्टले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘१२ गाउँ’ कीर्तिमानी व्यापारको यात्रामा अघि बढेको छ । दशैँको फूलपातिका दिन असोज २४ गते रिलिज भएको यो एक्सन मुभीमा आजका दिनसम्म पनि दर्शककाे चाप घटेकाे छैन ।
दशैमा एकैसाथ तीन नयाँ चलचित्र ‘छक्कापञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ रिलिज भएका थिए । यीमध्ये हलहरूमा छक्कापञ्जाले सबैभन्दा बढी शो पाएको थियो भने त्यसपछि १२ गाउँ र ज्वाइँ साबले । आजबाट तीनवटै फिल्महरू तेस्रो हप्तामा प्रवेश गरेका छन् ।
व्यापारमा पहिलो दिनबाटै छक्कापञ्जा ५ र १२ गाउँको नेक टु नेक टक्कर थियो । बढी हलहरू पाएकाले सुरुवाति दिनहरूमा छक्कापञ्जाले धेरै कलेक्सन गर्न सफल भयो । तर, १२ गाउँमा दर्शकको उभार बेसी देखिएपछि हलहरूले सो चलचित्रलाई सो बढाउँदै लगे । आजको मितिमा आइपुग्दा ‘छक्कापञ्जा’ भन्दा ‘१२ गाउँ’ शो संख्या र कलेक्सन दुवैमा अगाडि पुगेको छ ।...