दाङ, १ कार्तिक । भारतको हरियाणा र मुम्बई प्रहरीले संयुक्त अपरेशनमा शार्प शूटर सुखा कलुयालाई पक्राउ गरेको छ । सुखा लरेन्स विश्नोई गिरोहको सदस्य रहेको बताइएको छ । उनीमाथि सलमान खानको बान्द्रास्थित बंगला रिसेजगरी उनीमाथि हमलाको योजना बनाएको आरोप छ ।
मुम्बईको पनवेल सिटी पुलिस र हरियाणा प्रहरीले उनलाई पानीपतस्थित होटलबाट पक्राउ गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । समाचारमा जनाइएअनुसार कानुनी औपचारिकता पूरा गरेपछि हरियाणा प्रहरीले सुखालाई मुम्बई पुलिसलाई सुम्पेको थियो।
मुम्बई पुलिसले बाबा सिद्दीकी हत्या प्रकरणमा अनुसन्धान गरिरहेको बेला उनको गिरफ्तारी भएको हो ।
यसै वर्ष १४ अप्रिलमा बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली हानाहान भएको थियो । जसको जिम्मेवारी लरेन्स विश्नोई गिरोहले लिएको थियो ।