दाङलगायत अन्यत्र जिल्लामा ‘१२ गाउँ’को शो बढ्यो, आज पाँचौं दिन पनि हाउसफूल

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २८ असोज । चलचित्र ‘१२ गाउँ’ रिलिजदेखि नै हाउसफूल छ । दाङलगायत अन्यत्र जिल्लामा ‘१२ गाउँ’को शो बढाइएको छ । फूलपातीका दिन रिलिज भएको चलचित्र आज पाँचौं दिनमा पनि हाउसफूल रहेको निर्माणपक्षले बताएको छ । चलचित्रले हाउसफूल अकुपेन्सीमा दर्शक पाए पनि ग्रसकलेक्सन रिपोर्ट भने सार्वजनिक गरेको छैन । निर्माता र वितरक नै कलेक्सन रिपोर्ट सार्वजनिक नगरी बसेका छन् ।

पाँचौं दिनमा सिनेमा चल्दा सामान्यतया चार दिनको ग्रसकलेक्सनको रिपोर्ट आउने भए पनि निर्माता र वितरक दुवैले सार्वजनिक नगरेका हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

“भोलिसम्ममा हामी ग्रसकलेक्सन रिपोर्ट सार्वजनिक गर्छौं । पत्रकार सम्मेलन गरेर नै कलेक्सन रिपोर्ट सार्वजनिक गर्ने हाम्रो तयारी छ,” १२ गाउँका वितरक गोविन्द शाहीले बाह्रखरीसँग भने ।

उनले प्रत्येक शो हाउसफूल भएको बताए । हाउसफूल भएपछि शो थपिनेक्रम जारी रहेको उनले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

“कतिपय हलमा शो थपिएर अहिले १२ गाउँ र छक्का पञ्जाको शो बराबरी छ । सिंगल थिएटरमा त १२ गाउँ सुरुदेखिन नै छक्का पञ्जाभन्दा राम्रो छ,” वितरक शाहीले दाबी गरे ।

बिराज भट्टको लेखन तथा निर्देशन रहेको ‘१२ गाउँ’मा समीर भट्टले डेब्यु गरेका छन् । समीर बिराजका छोरा हुन् । समीरसँगै बिराज मुख्य भूमिकामा छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad