कृषि

कपिलवस्तुमा आलु रोप्दै नेकपा महासचिव विप्लव, देशभर ५० बिघामा आलु लगाउने तयारी
कृषि

कपिलवस्तुमा आलु रोप्दै नेकपा महासचिव विप्लव, देशभर ५० बिघामा आलु लगाउने तयारी

दाङ, २० कार्तिक । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) कपिलवस्तुमा आलु रोप्ने कार्यमा व्यस्त रहेका छन् । पार्टीले सञ्चालन गरेको सामूहिक कृषि तथा जनकम्युनको अवधारणाअनुसार कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ९ अञ्चलपुरमा रहेको केन्द्रीय कार्यलय नजिकै ५ बिघा क्षेत्रफलमा निरन्तर आलु लगाइरहेका छन् । मेसिनको प्रयोग गरी विप्लवसँगै सचिवालय, स्थानीय नेता, कार्यकर्ता र जनताका सहभागिता आलु लगाइएको नेकपा प्रचार विभागका सदस्य प्रकाश डुम्रेले बताए । नेकपाले कपिलवस्तुमा मात्रै करिब ५ बिघामा आलु लगाउने तयारी गरेको छ भने चितवन, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलालीमा करिब ५० बिघामा आलु रोप्ने तयारी गरेको छ । पार्टीद्वारा सञ्चालित जनश्रम कृषि सहकारी सस्था लिमिटेडसँग न्युनतम ४ लाख केजी आलु र सि। जी। फुड्स नेपाल लिमिटेड सानेपाले उत्पादित आलु खरिद गर्ने सम...
घोराहीकी इन्द्रा बुढालाई सयपत्रीको माला बुन्न भ्याइनभ्याइ
कृषि

घोराहीकी इन्द्रा बुढालाई सयपत्रीको माला बुन्न भ्याइनभ्याइ

दाङ, १६ कात्तिक । घोराही उपमहानगरपालिका–१३ डुमरगाउँ निवासी इन्द्रा बुढालाई अहिले सयपत्रीको माला बुन्न भ्याइनभ्याइ छ । तिहार सुरु भएसँगै बुढाले करिब दश कट्ठा जमिनमा रोपेको सयपत्री फूलको माला बुन्नमा व्यस्त रहनुभएको छ । अर्डर अनुसारका माला बनाउँदै राख्न थालेको उहाँको भनाइ छ । तिहारमा टीकाका लागि फूलसँगै मालाको अर्डर आइरहेको भन्दै व्यवसायी बुढाले भन्नुभयो, ‘तिहार सुरु भएसँगै फूल टिप्ने र माला बुन्ने काममा लागिरहेका छौँ । टीकाका लागि सयपत्री फूल र मालाको अर्डर आइरहेको छ ।’ उहाँका अनुसार माला प्रतिपिस १०० देखि दुईसय ५० रुपियाँसम्ममा बिक्री गर्ने गरी बनाइरहेको बताउनुभयो । त्यसैगरी फूल मात्र लग्नेलाई प्रतिकेजी पाँच सयका दरले बिक्री गर्ने गरेको बताउनुभयो । गत वर्षको तुलनामा कम फूल खेती गर्नुभएका बुढाले पोहोर साल फूल नबिक्दा लागेको घाटा अहिले उठ्ने आशा गर्नुभएको छ । यो वर्ष जिल्लाभरी क...
यस पटक नेपाली सयपत्री मात्र, भारतबाट आयात नहुने
कृषि

यस पटक नेपाली सयपत्री मात्र, भारतबाट आयात नहुने

दाङ, १३ कार्तिक । तिहारमा अत्यावश्यक मानिने सयपत्री फूल यस पटक भारतबाट आयात नहुने भएको छ । अवैध रूपमा भित्रिने सयपत्री फूल रोक्न सरकारले निकै कडाइ गरेको छ । सरकारले नेपाल–भारत सिमानासँगै जिल्लास्थित क्वारेन्टाइन चेकपोस्टहरूमा कडाइ गरेर अवैध रूपमा भित्रिने सयपत्री फूल नष्ट गर्न थालेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत रहेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थान केन्द्र, काठमाडौँ महानगरपालिका र जिल्लास्थित क्वारेन्टाइन केन्द्रका विज्ञहरूले धमाधम त्यस्ता अवैध फूल नियन्त्रणमा लिएर नष्ट गर्न थालेको हो । केन्द्रका सूचना अधिकारी प्रकाश पौडेलका अनुसार तीन दिन यता भारतबाट भित्रिँदै गरेका २२ ट्रक भारतीय फूल नष्ट गरिएको छ । सोमबार मात्र हेटौँडामा एक ट्रक फूल नष्ट गरिएको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले फूल नेपाल ल्याउनका लागि भारत सरकारको सरोकारवाला निक...
दाङका किसानले लगाएको धानबालीमा कालोपोकेको प्रकोप
कृषि

दाङका किसानले लगाएको धानबालीमा कालोपोकेको प्रकोप

रञ्जिता अधिकारी दाङ, १३ कार्तिक । दाङका किसानहरूले लगाएको धानबालीमा कालो पोके किराको प्रकोप देखा परेको छ । घोराही उपमहानगरपालिका–७ सौडियारका लेखराज चौधरीले लगाएको नौ कठ्ठा जमिनमा रोपेको धानमा कालोपोके किराले क्षति पुर्याएको छ । युएस १२ जातको धान खेती गरेका छन् । कालोपोके किराले क्षती गरेकाले धान उत्पादन कम हुने उनी बताउँछन् । धान खेती गर्दा मल बिउको राम्रो व्यबस्थापन गरे जस्तो लागेको थियो तर धान पाक्ने समयमा कालो पोके लाग्यो । उत्पादन घटछ की भन्ने चिन्ता लागेको उनले बताए । गतवर्ष यस्तो समस्या भएको थिएन यसपाली धानमा समस्या आयो । घोराही उपहानगरपालिका – ६ गुरुवागाउँका महेश चौधरीले १७ कठ्ठा जमिनमा धान खेती गरेका छन् । युएस १६ जातको धान खेती गरेको उनले खेती गरेको धानमा कालो पोके रोग लागेर बोट नै कालो भएको छ धान काट्ने समयमा बोट कालो भएको छ, पोके लागेको धानको पराल पनि गाईभैसीले खादै...
किसानलाई उन्नत जातको तोरीको बिउ वितरण
कृषि

किसानलाई उन्नत जातको तोरीको बिउ वितरण

दाङ, ११ कात्तिक । दाङमा तोरीको उत्पादन बढाउन कृषि ज्ञान केन्द्रले किसानलाई उन्नत जातको बिउ वितरण गरेको छ । सघन बाली वस्तु विशेष व्यावसायिक उत्पादन क्षेत्रमा विकास कार्यक्रम अन्तर्गत जिल्लाका तीनवटा कृषि समूहलाई नौ क्विन्टल उन्नत जातको तोरीको बिउ वितरण गरेको हो । यो वर्ष ९० हेक्टर क्षेत्रफलमा खेती गर्नका लागि उन्नत जातको नौ क्विन्टल तोरीको बिउ वितरण गरिएको कृषि ज्ञान केन्द्र दाङका बरिष्ठ बाली संरक्षण अधिकृत पिताम्बर बस्नेतले जानकारी दिएका छन् । तोरी खेती गर्नका लागि कम्तिमा ३० हेक्टर क्षेत्रफल भएको र व्यावसायिक खेती गर्ने इच्छुक समूह, फर्म र सहकारीलाई अनुदानका लागि सूचना आह्वान गरेर बिउ वितरण गरेको बताए । जिल्लामा एक सय ५० हेक्टर क्षेत्रफलका लागि अनुदान कार्यक्रम भए पनि माग अनुसार किसान नआउँदा ९० हेक्टर क्षेत्रफलका लागि बिउ वितरण गरिएको छ । तोरी खेतीबाट आम्दानी बढाउन किसानलाई अनुद...
तुलसीपुर मेट्रो कलेजका विद्यार्थीहरुले गड्यौले मल उत्पादन गर्दे
कृषि, समाज

तुलसीपुर मेट्रो कलेजका विद्यार्थीहरुले गड्यौले मल उत्पादन गर्दे

दाङ, ११ कार्तिक । तुलसीपुर मेट्रो कलेजमा अध्ययनरत विद्यार्थीहरुले गड्यौले मन उत्पादनको सुरुवात गरेका छन् । पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत विद्यार्थीहरुले उत्पादन गर्ने तरकारी,फलफुल र अन्य बालीका लागि उपयोग गर्ने उद्देश्यले उनीहरुले गड्यौले मलको उत्पादन गर्न थालेका हुन् । माटोका लागि उपयुक्त हुनुका साथै आफ्नै ठाउँमा उत्पादन हुने भएकाले यसतर्फ विद्यार्थीहरुलाई अग्रसर बनाइएको बाली विज्ञानका प्रशिक्षक समर्पण आचार्यले बताउनुभयो। उहाँले भन्नुभयो, ‘गड्यौला मल सस्तो हुन्छ,उत्पादन बढाउँछ,जग्गाको माटो बिग्रिदैन त्यसैले गड्यौला मलको प्रयोग बढेको छ ।’ सुरुवातमा विद्यार्थीहरुले ५ किलो गड्यौला राखेर मल उत्पादनको थालनी गरेका हुन् । रासायनिक मलले उत्पादन पनि घटाउने, महंगो पनि हुने, मल अभाव पनि हुने भएकाले गड्यौला मल उत्पादन गर्न थालेका विद्यार्थी संगिता न्यौपानेले बताउनुभयो । विद्यालयमा बाली व...
यसवर्ष तिहारमा १५ लाख वटा सयपत्री फूलको माला भारतबाट आयात गर्नुपर्ने अनुमान
कृषि

यसवर्ष तिहारमा १५ लाख वटा सयपत्री फूलको माला भारतबाट आयात गर्नुपर्ने अनुमान

दाङ, ११ कार्तिक । यस वर्षको तिहारमा सयपत्री, मखमली, गोदावरी र मिक्स गरी ४५ लाख २५ हजार माला खपत हुने अनुमान गरिएको छ । गत वर्ष कुल ३९ लाख ७५ हजार वटा सयपत्री, मखमली, गोदावरी र मिक्स माला खपत भएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ । एसोसिएसनले सबैभन्दा बढी ३२ करोड रुपैयाँको सयपत्री फूलको माला खपत हुने अनुमान गरेको छ । गत वर्षको तिहारमा २२ करोड ७५ लाख रुपैयाँको ३५ लाख वटा सयपत्री फूलको माला खपत भएको थियो । ‘यस वर्षको तिहारमा ३२ करोड रुपैयाँको ४० लाख माला आवश्यक पर्ने अनुमान गरिएको छ, जसमध्ये २५ लाख माला आन्तरिक र १५ लाख वटा भारतबाट आयात गरिनेछ,’ एसोसिएनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । तिहारमा कुल ३ लाख २५ हजार वटा मखमली फूलका माला आन्तरिक बजारमा खपत हुने एसोसिएसनले जनाएको छ । १ लाख ५० हजार वटा मखमली फूलको माला निर्यात गरिने एसोसिएसनका तदर्थ समितिका अध्यक्ष सूर्यभक्त श्रेष्ठले...
पानी पर्ने संभावना भएकाले तत्काल धान नकाट्न विज्ञको सुझाव
कृषि

पानी पर्ने संभावना भएकाले तत्काल धान नकाट्न विज्ञको सुझाव

दाङ, ११ कार्तिक । यसपाली पनि वर्षाले काट्न लागेको र खेतमै छाडिएको धान भिज्ने चिन्तामा किसान रहेका छन् । तिहार नजिकिदै गरेको अवस्थामा धान थन्क्याउने तयारी गरिरहेका किसानलाई वर्षा शुरु हुन थालेपछि क्षति हुने चिन्ता छ । दाङलगायत तराईका जिल्लामा किसानहरूले यो वर्ष धानको राम्रो उत्पादन हुने आशा गरेका छन् । तर वर्षाले क्षति हुने चिन्ता किसानलाई छ । किसान विष्णु चौधरीले थन्क्याउन नपाउँदै बाली भिज्ने चिन्ता बढेको बताउनुभयो । शुक्रबारराती जस्तै थप वर्षा भएमा खेतमा भिजेका धान उम्रने जोखिम बढेको उहाँले बताउनुभयो । आकाश खुलेर मौसम सुधार नहुँदासम्म यस समस्याबाट राहत पाउने सम्भावना कम रहेको उहाँको भनाई छ । कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले अझै २/३ दिन पानी पार्ने अनुमान गरिएकाले पनि तत्काल सकेसम्म धान नकाट्न उहाँले किसानलाई सुझाव दिनुभयो । उहाँले धान धेरै नै पा...
घोराहीमा सब्जीमण्डीका व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
कृषि

घोराहीमा सब्जीमण्डीका व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

दाङ्ग, १० कार्तिक । घोराही-१४ मा रहेको कृषि उपज बजार सब्जीमण्डीका व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कृषि उपज बजार संञ्चालक समितीका अध्यक्ष सरस्वती गौतमको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यमा एक औपचारिक कार्यक्रम गरी तरकारी व्यवसायीका समस्या र समाधानका उपायहरु विषयक अन्तरक्रिया तथा सरसफाई अभिमुखीकरण गरिएको थियो । प्रमुख अतिथी उपप्रमुख डिसिले व्यापारीहरुले सरसफाईमा ध्यान दिन आग्रह गर्नुभएको थियो । सरसफाई नै व्यक्तिको पहिचान भएको भन्दै व्यवसायीक गतिविधीका साथै सरसफाईलाई पनि प्रथमिकता दिन सुझाव दिनुभयो । कार्यक्रममा घोराही १४ का वडा सदस्य मोहन श्रेष्ठ, नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठ, पत्रकार नारायण विवशले मन्तव्य राख्नुभएको थियो । ५० सटरमा व्यापारीहरु रहेको सब्जीमण्डीका ३६ जना व्यापारीहरुको सहभागिता रहेकोका कार...
नारायणपुरका विवेकले फूलाए बहुमूल्य र दुर्लभ वनस्पति केशर
कृषि

नारायणपुरका विवेकले फूलाए बहुमूल्य र दुर्लभ वनस्पति केशर

दाङ, १० कार्तिक । २८ बर्षे युवा । उहाँसँगै पढेका, एउटै उमेरका साथीहरु अधिकांश विदेशमा छन् । घोराही उपमहानगरपालिका १० नारायणपुर निबासी विवेक अधिकारीले बाली विज्ञान पढ्नुभयो । भारतको पञ्जावमा बाली विज्ञान परेर घर फर्किएका विवेक विदेश हैन स्वदेशमै केही गर्नुपर्छ भनेर नयाँ प्रयोगमा होमिनु भएको छ । उहाँले बहुमूल्य र दुर्लभ वनस्पति केशरको खेती थाल्नुभएको छ । केशर एक बहुमूल्य तथा दुलर्भ वनस्पति हो । लसुन वा प्याजको आकारको सेतो गानो यसको वीऊ हुन्छ । पोथ्रो जातको यो वनस्पतिको फूल नीलो र अतिसुन्दर हुन्छ । यो फूलेको बेला मन लोभ्याउने दृष्य देखिन्छ । जो अहिले विवेकको एउटा कोठमा ढकमम्क फूलेको छ । १२ कक्षा पढेपछि अधिकांश युवाहरु विदेशिने गरेका छन् तर विवेक भन्नुहुन्छ विदेशमा गर्ने मेहनत स्वदेश तथा घरमै गरौ भनेर पढेकै विषयलाई व्यवसायमा रुपान्तरण गर्ने सोचले अघि बढेको छु । निकै चिसो ठाउँमा खेती गरि...