तरकारी र फलफूलमा जीवनाशक विषादी प्रयोगको मात्रा निर्धारण
दाङ, ७ फागुन। सरकारले तरकारी र फलफूलमा जीवनाशक विषादी प्रयोगको मात्रा निर्धारण गरेको छ । हालसम्म तरकारी र फलफूलमा विषादी प्रयोगको मात्रासम्बन्धी कुनै व्यवस्था नभएकोमा पहिलोपटक कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले विषादी प्रयोगको मात्रा निर्धारण गरेको हो ।
यसअघि पाउरोटी, खाद्यान्न लगायतका प्रशोधित उत्पादनमा मात्र विषादी प्रयोगमा मात्रा निर्धारण गरिएको थियो । जथाभावी रुपमा विषादीयुक्त तरकारी भित्रिएर यसको विरोध हुन थालेपछि आयात हुने र स्वदेशभित्र उत्पादन दुवै तरकारी तथा फलफूलका लागि जीवनाशक विषादी अवशेष राजपत्रमै सूचना प्रकाशित गरी मात्रा तोकेको छ ।
खाद्य ऐनले दिएको अधिकार प्रयोग गरी खाद्य वस्तुको गुणस्तर निर्धारण गरेर तरकारी र फलफूलमा विषादीको अधिकतम परिणाम निर्धारण गरेको खाद्य प्रविधि तथा गुणस्तर विभागले जनाएको छ ।
यससम्बन्धी सूचना राजपत्रमा समेत प्रकाशन भएको छ । स्याउ, ...