व्यवसायीको चरम अटेरी, दर्ता विनै पसल सञ्चालन

घोराही,  जेठ | व्यवसाय सञ्चालन प्रकृयाका बारेमा थाहा भए पनि अटेरीका कारण घोराहीमा दर्ता बिनै पसलहरु सञ्चालन हुने गरेको पाईएको छ । घोराही उपमहानगरपालिकाको कर शाखा, उपभोक्ता हित संरक्षण शाखा सहित दाङ जिल्ला उद्योग बाणिज्य संघको संयुक्त टोलीले गरेको अनुगमनमा दर्ता बिनै पसल सञ्चालन गरेको पाईएको हो ।

Blog Post Ad

Blog Post Ad

घोराही उपमहानगरपालिका वडा नम्बर १४ स्थित विहिबार १३ वटा पसल अनुगमन गर्दा १० वटा पसल दर्ता बिनै सञ्चालन भएको भेटिएको छ । केही पसलले घरेलु र आन्तरीक राजस्व कार्यालयमा दर्ता गरे पनि घोराही उपमहानगरमा भने दर्ता नगरेको भेटिएको हो ।

यस अघि पनि उपमहानगर र वडा सरकारले कर्मचारी परिचालन गरेर व्यवसाय दर्ताका लागि अनुरोध सँगै माईकिङ समेत गर्दै आएको छ । तर व्यवसायीहरुको अटेरिका कारण दर्ता बिनै अबैधरुपमा पसल सञ्चालन हुने गरेको पाईएको हो ।

कर शाखा प्रमुख कृष्ण केसी, उपभोक्ता हित संरक्षण शाखा प्रमुख होमलाल भुसाल, दाङ जिल्ला उद्योग बाणिज्य संघका महासचिब नरेश कार्की, वडा सदस्य लछुमन बुढामगर सहितको अनुगमन टोलीले एक साता भित्र पसल अनिवार्यरुपमा दर्ता गर्न आग्रह गरेको छ ।

अनुगमन टोलीले खुम्बु फ्रेस हाउसले ढकको सट्टामा ढुंगाले मासु तौलिने गरेको फेला पारेपछि ति ढुंगाहरु जफत गरेको छ । पसल दर्ता नगरे सँगै फोहोर अत्यधिक, मूल्य सुची नभएको समेत फेला पारिएको अनुगमन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *