गुठीको जग्गमा बस्दै आएकाहरुको पिडा : ‘मनमा शान्ति छैन’


दिवाकर पोख्रेल

Blog Post Ad Blog Post Ad Blog Post Ad

देउखुरी, जेठ ८ । दाङको लमही नगरपालिका ४ अर्नहवा दामोदर घिमिरे त्रासमा बस्दै आउनु भएको छ । उहाँ बस्दै आएको जग्गा प्रसिद्ध धार्मिक स्थल स्वर्गद्धारी आश्रमको गुठीको हो । २०५० साल देखि बस्दै आएको हुँ,मनमा शान्ति कहिल्यै भएन,कहिले घरटहरा हटाउने म्याद आउँछ, कहिले विधुत् पानी नदिने भन्ने सुनिन्छ,त्रासमा बाँच्नु परेको छ, घिमिरेले भन्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

गुठीको जग्गा लामो समयदेखि किनबेच भइरहेपनि त्यसको लालपुर्जा कसैसंग छैन । एकजनाले अर्कोलाई बेच्दा सामान्य लिखतको आधारमा हुने गरेको छ । सरकारी बैधानिकता नभएकै कारण पटकपटक प्रहरी प्रशासनले स्थानीयलाई उठाउने प्रयास गर्दछ ।
गुठीजग्गा व्यवस्थापन समितिका अध्यक्ष श्रीधर पौडेलले गुठीले राखेको शर्त पालन गर्न आफूहरु तयार भएपनि प्रहरी प्रशासन लगाएर सुकुम्बासी उठाउने प्रयासले जनतालाई सास्ती हुने बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यता स्वर्गद्धारी आश्रमका प्रतिनिधि धु्रव श्रीले बास्तबीक सुकुम्बासी भए नभएको छानविन गर्नुपर्ने बताउनुभयो । आश्रमको जोगाउन अदालतलाई आग्रह गरिएको भन्दै उहाँले आश्रमसंग कारोबार नगरी विचमै कारोबार भएको बारे आश्रम बेखबर भएको बताउनुभयो । यस्तै प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले सरकारले सकुम्बासी,गरिवलाई हटाउन नखोजेको भन्दै सुकुम्बासीको नाममा हुकुम्बासीको रजाइ हुनै नहुने तर्क गर्नुभयो । जिल्ला प्रशासनकै १४ विगाहा जग्गा अतिक्रमण भएको स्मरण गराउँदै प्रमुख जिल्ला अधिकारी रिजालले अहिले नै सुकुम्बासीका घर भत्काउने विषयमा ब्यवहारिक कठिनाइ भएको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

संघीय साँसद मेटमणि चौधरीले सरकारले देशभर सुकुम्बासी समस्या हल गर्ने गरि कानुन बनाउन लागेको भन्दै हतार नगर्न आग्रह गर्नुभयो । गुठी सम्बन्धि विधेयक शंशोधन भएर अघि बढेको जानकारी गराउँदै चौधरीले अब किसान र गुठीबिचको समस्या हल हुने विश्वास ब्यक्त गर्नुभयो । प्रदेश मामिला तथा कानुन समितिकी सभापति दामा शर्माले कानुन नबनुन्जेल सकुम्बासी,भूमिहिनलाई दुःख नदिन आग्रह गर्नुभयो ।

गुठी बन्नुभन्दा पहिलेका बस्ती पनि गुठीकै कारण उठनुपर्ने अवस्था आउन नहुने तर्क उहाँको थियो । लमही नगरपालिकाले आश्रमको जग्गा विवादमा समाधानको विषयमा छलफल आयोजना गरेको थियो । कार्यक्रममा प्रदेश साँसद रेवतीरमण शर्मा, इन्द्रजित थारु,नेपाल कम्यूनिष्ट पार्टी नेकपाका विरवहादुर केसी,नेपाली काग्रेसका कर्णवहादुर बुढाथोकी लगायतले आपसी सहमतिबाट निकास निकाल्नुपर्ने बताउनुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *