राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी डिनद्वारा राजीनामा

घोराही २५ चैत | राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी डिन तथा अस्पताल निर्देशक डा. ऋतु बरालले राजीनामा दिएकी छन् । आफूभन्दा माथिल्लो तहमा रहेका व्यक्तिहरुबाट काम गर्ने वातावरण नभएको भन्दै उनले राजीनामा दिएको बताएकी छन् ।

Blog Post Ad

Blog Post Ad

डा. बरालले आइतवार प्रतिष्ठानमा राजीनामा पेश गरेकी छिन् । ‘म जागीर खान होइन, काम गर्न गएकी हुँ, काम गर्ने वातावरण नबनेपछि पदमा बसिरहनु राम्रो लागेन’उनले भनिन्, ‘मभन्दा माथिल्लो तहमा रहेकाहरुबाट राम्रो व्वहार भएन, काम गर्ने वातावरण नै छैन ।’

डिनभन्दा माथि उपकूलपति, रेक्टर र रजिष्ट्रार रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *